बिहे गर्दै धोकेबाज गायिका एलिना चौहान

काठमाडौँ – अहिलेकी चर्चित गायिका एलिना चौहान यतिबेला अस्ट्रेलियामा छिन् ।सांगीतिक कार्यक्रमका लागि अस्ट्रेलिया गएकी ‘धोकेबाज हौ तिमी’ फ्रेम यी गायिकाले त्यहाँ रहेर ‘ब्याक टु ब्याक’ एक युवकसँग टिकटक भिडियो बनाएर पोष्ट गरेकी छिन् ।

जसका कारण यति बेला सांगीतिक बजारमा ति युवकसँग एलिना प्रेममा रहेको चर्चा चलेको छ । ति युवक हुन् अस्ट्रेलियामा बस्दै आएका बागलुङका विष्णु सापकोटा ।उनको टिकटक अकाउण्टमा पनि ‘ब्याक टु ब्याक’ एलिनासंगको भिडियो पोष्ट भएका छन् ।

विमानस्थलमा एलिनालाई स्वागत गर्दाको भिडियो पनि उनले पोष्ट गरेका छन् ।एलिनाले उनीसँग र उनले राखेको एलिनासँगको टिकटक भिडियोमा थुप्रैले उनीहरूलाई ‘कपल’ भन्दै बधाईसमेत दिएका छन् । राष्ट्रिय लोक तथा दोहोरीगति प्रतिष्ठानको अस्ट्रेलिया शाखाका अध्यक्षसमेत रहेका उनी कार्यक्रम आयोजक समेत हुन् ।

उनले केही गीतहरूमा स्वर समेत दिएका छन् । गीत लेख्ने समेत गर्दै आएका विष्णुले एलिनासँग ‘बाजा तालमा’बोलको गीतमा स्वर दिएका छन् । उनीहरू विगत केही महिनादेखि गुपचुप प्रेममा रहेको एलिना निकटस्थहरुको दाबी छ ।केही महिनाअघि कार्यक्रमका लागि

एलिना अस्ट्रेलिया जाँदा उनीहरूको भेट भएको र प्रेममा परेको बताइन्छ । टिकटकमा उनीहरूको भिडियोहरू हेर्दा यो जोडी प्रेम सम्बन्धलाई गुपचुप राखिरहने मुडमा नरहेको बुझिन्छ ।एलिनाले खुलेरै प्रेमबारे नखुलाए पनि उनीहरूको सम्बन्धबारे दुवैको परिवारलाई जानकारी छ ।

र, दुवैको परिवारमा विहेबारे कुरा समेत चलिरहेको एलिना निकटस्थहरुको दाबी छ। विवाह गरेपछि पनि नेपालमै बसेर सांगीतिक क्षेत्रमा सक्रिय रहने एलिनाको योजना छ । पछिल्लो समय ‘धोकेबाज हौ तिमी’ गीत सर्वाधिक चर्चामा रहे पनि एलिनाका दर्जनौं गीत स्रोता एवं दर्शकले रुचाएका छन् ।

यो पनि – नायक अनमोल केसीले आफू अभिनीत चलचित्र ‘छड्के २.०’ सुपर फ्लप भएपछी दर्शकको सहानुभूति बटुल्न सामाजिक संजालमा अनेक पोस्ट गरिरहेकाछन् । सामाजिक संजालमा पोस्ट गरिएको स्टाटसमा आफ्नो फिल्म फ्लप भएको स्वैकारेका छन् ।

उनले छड्के आफ्नो ९ औ फिल्म भएको र त्यसपछिको १० औ फिल्म आफ्नो करिआरको लागि पहिलो फिल्म हुने समेत बताए । उनले झन्डै ५० लाख पारिश्रमिक लिएर भित्रिएको फिल्मले ५० लाख पनि लगानी नउठेपछी उनि पारिश्रमिक फिर्ता गर्नु पर्ने नैतिक दाबबमा छन। तर यसबारे मुख खोलेका छैनन् ।

उनले लिएको उक्त पारिश्रमिक फिर्ता गर्छन कि मज्जाले पचाउछन् त्यो भने कुर्ने पर्छ । तर तिनै अनमोलले दर्शक को सहानुभूति बटुल्न सामाजिक संजालमा लेखेको पोस्टले भने केहि लगानी कर्तालाई झन् तनाब दिएको छ ।‘छड्के २.०’ बाट दर्शकलाई निराश बनाएको बताउँदै सामाजिक सञ्जालमा स्टाटस लेखेपछि सो चलचित्रका जापानका वितरक सचिन आचार्य तबन मा छन् ।

उनले अनमोलप्रति आक्रोश व्यक्त गरेका छन्। जापानमा ‘छड्के २.०’ लाग्दालाग्दै अनमोलको स्टाटस आएपछि आफ्नो लगानी डुबेको उनको गुनासो छ ।माफी मागेर दर्शक भड्काएको भन्दै आचार्य अनमोलमाथि खनिएका हुन्। उनले लेखेका छन्, ‘उता मेघा स्टारलाई सहानुभूति कमाउनु थियो। पुरै आत्मसमर्पण गरिबक्स्यो। आफ्नो यता अझै शो हुँदै छ।’

आफ्नो शोका लागि भिडियो सन्देश पठाउन भन्दा अनमोलले नाानेको आचार्यको दाबी छ ।उनले अनमोललाई चेतावनी दिँदै भनेका छन्, ‘मेरो शो राम्रो बनाउन १० सेकेन्डको भिडियो पठाउन भन्दा नमान्ने तिमीलाई मेरो शो बिगार्ने पनि कुनै अधिकार थिएन।

याद गर्नु महँगो पर्छ यो हर्कत तिमीलाई।’जापानमा प्रदर्शनमा आउने अधिकांश नेपाली चलचित्रहरूमा जोडिइरहने सचिनले पहिलो पटक छड्के जापानमा वितरण गर्न लागेका थिए। आफूले चलचित्रको राईट्स लिँदा नगद तिरेर निर्माता प्रशान्त गिरीसँग सम्झौता गरेको उनको भनाइ छ।

‘दर्शकले गाली गरून् या ताली मारून् त्यो मलाई मञ्जुर छ। तर मेरो शो नै बरबाद पार्ने गरी अनमोल केसीलगायत अन्य टिमले आफ्नो जुन भनाई दिएका छन्, त्यो खेदजनक छ। ख्याल होस म मुर्गा होइन र कदापि हुँदिन,’ उनी थप्छन्। यस वर्षको बहुप्रतिक्षित मानिएको

चलचित्र ‘छड्के २.०’ रिलिज पूर्व नेपाल तथा बाहिरका तर्कहरुले लिएका थिए। अनमोलको क्रेजले दर्शकहरू हलसम्म आउने र हाउस फुल हुनेमा सबै विश्वस्त देखिन्थे। अनमोलकै मुख हेरेर नेपालका वितरक सुनिल मानन्धरले डेढ करोडमा चलचित्रको राईट्स किनेका थिए।

तर चलचित्रले सोचेजस्तो व्यापार नगरेपछि सबै निराश भए। चलचित्रको कथावस्तु नै राम्रो नभएका कारण केही दिनमै चलचित्र हलबाट उत्रिएको थियो। अनमोलको स्टारडमले मात्रै दर्शक हलसम्म तान्न सकेन। चारैतिर आलोचना हुन थालेपछि दर्शकले सोचेजस्तो

काम गर्न नसकेकोमा बताउँदै अनमोलले दुख व्यक्त गरेका थिए । यसबाट चलचित्र नहेरेका दर्शकहरूमा समेत चलचित्र राम्रो नभएको छाप बस्यो। यता दर्शकहरूमा यस्तो छाप बसिदिँदा उता लाखौँ करोडौँ तिरेर राईट्स किनेका वितरक भने मारमा परेका छन् ।