नेपाल र नेपालीको भाग्य फैसला हुदैं: सन्दीप लामिछानेको बिश्व रेकर्ड बन्दै, दुनियाले नजिकबाट नियाल्दै आजको खेल !

विगत लामो समयदेखि यथावत रहेको अफगानी स्टार बलर राशिद खानको बिश्व रेकर्ड आज तोडिने सम्भावना भएकाले पनि आजको खेललाई अफाननस्तिानलेपनि नजिकबाट नियालीरहेको छ ।

आईसीसी विश्व क्रिकेट लिग टूको अन्तिम खेलमा नेपालले आज यूएईको सामना गर्दै छ । नेपालले सीधै विश्वकप ग्लोबल क्वालिफायर्स खेल्ने या प्लेअफ, भविष्य निर्धारण यो खेलले गर्नेछ । यो खेल नेपालको एकदिवशीय क्रिकेटमा सबैभन्दा महत्वपूर्ण दिनका रुपमा हेरिएको छ ।

यूएईविरुद्ध जित निकाले नेपाल लिग टूको शीर्ष तीनमा अटाउँदै जिम्बाबेमा हुने ग्लोबल छनोटमा सहभागी हुन पाउनेछ । त्यसैले नेपालको अन्तिम लक्ष्य जित नै हुनेछ । नतिजा यूएईको पक्षमा गए नेपाल चौथो स्थानमा यथावत् रहँदै नामिबियामा हुने प्लेअफका लागि जानुपर्नेछ ।

नेपाल पराजित हुँदाको फाइदा नामिबियाले उठाउनेछ, किनकि नामिबियाले शीर्ष तीन कब्जा गर्नेछ । नेपालको अन्तिम खेल खेल्नुअघि ३८ अंक छ भने नामिबियाले ३६ खेलमा ३९ अंक बनाएको छ । यदि खेलमा वर्षा बाधक बने वा एक(एक अंक बाँड्ने अवस्था आए नामिबिया नै क्वालिफायर्स खेल्ने भाग्यमानी बन्नेछ ।

नामिबियाले १९ र नेपालले १८ खेलमा मात्र जित हात पारेका कारण अंक बराबरी भए पनि नेट रनरेटका आधारमा नाबिया जाने हो । जारी सिरिजमा नेपाल अपराजित छ । अघिल्लो खेलमा नेपालले यूएईलाई १७७ रनको कीर्तिमानी रनअन्तरले पराजित गर्दै एकदिवसीय मान्यतालाई २०२७ सम्म निरन्तरता दिन सफल भएको थियो ।

टस जितेर पहिले ब्याटिङ गरेको नेपाल २४८ रनमा अलआउट भएको थियो । जवाफी ब्याटिङ गर्दा यूएई ७१ रनमा अलआउट भयो । नेपालका सन्दीप लामिछानेले ५ विकेट लिएका थिए । आज दुई विकेट लिए सन्दीपले ओडीआईमा सर्वाधिक छिटो ४१ खेलमा एक सय विकेट लिने खेलाडीको विश्व कीर्तिमान बनाउनेछन् । खेल त्रिवि मैदानमा बिहान ९ बजेदेखि सुरु हुदैछ ।

साढे ९ बजे सुरु हुदैछ भने खेल हेर्न देश बिदेश तथा देशभरबाट काठामाडौं आउनेहरुको क्रम जारी नै छ ।