समिक्षा भन्छिन: मलाई नेपाल भन्दा अस्ट्रेलिया मन पर्न थाल्यो अब एतै बस्छु

गायिका समिक्षा अधिकारी अष्ट्रेलिया उडेकी छन् । बुधबार अबेर सामाजिक सञ्जाल टिकटकमा भिडियो बाहिरिएपछि उनी अष्ट्रेलिया उडेको बुझिएको हो । दिदि शर्मिला अधिकारीसँगै त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलको प्रस्थान कक्षबाहिर उनलाई बिदाई गर्दै गरेका केहि भिडियोहरु टिकटकमा चर्चामा रहेका छन् ।

खत्री सुवास’ नामक टिकटक अकाउन्टबाट समिक्षालाई ‘साली’ भनिएको छ भने अन्य केहि अकाउन्टहरुबाट पनि उनलाई बिदाई गरिएका भिडियोहरु बाहिर आउका हुन् । सानो उमेरमा नै हजारौँ गीतमा लाखैको मनमा बसेकी उनी अष्ट्रेलिया लागेसँगै उनका फ्यानहरु दुखी भएका छन् । यहि कारण विदेशमा पलायन हुन बाध्य भएको अनुमान समेत गर्न थालिएको छ ।

उनले चलचित्र ‘नाई नभन्नु ल ५’को चर्चित गीत ‘बालापनको उमेर’ गाएपछि उनको व्यावसायिक गायन यात्रा सुरु गरेकी थिइन् । थप अर्को समाचार । भारतीय रेटिङ एजेन्सी ओरम्याक्सले प्रत्येक महिना लोकप्रिय पुरुष र महिला स्टारको सूची सार्वजनिक गर्छ । उक्त मिडियाले फेब्रुअरी महिनाको सूची सेयर गरेको छ,

जसमा शाहरुख खान भारतका सबैभन्दा लोकप्रिय अभिनेता बनेका छन् । महिला कलाकारतर्फ दीपिका पादुकोणलाई पछि पार्दै आलिया भट्टले पहिलो स्थान हासिल गरिन् । दोस्रो स्थानमा दीपिका र कियारा आडवाणी तेस्रो स्थानमा छिन् । पठान रिलिजको कारण पनि पछिल्लो महिना शाहरुख चर्चाको शिखरमा रहे । सो महिनामा उनले बादशाहको मान्यतालाई यथावत् राख्न सके । सलमान खान दोस्रो लोकप्रिय अभिनेता बनेका छन् । उनी आफ्नो आगामी फिल्म ‘किसी का भाइ किसी की जान’ को पोस्ट-प्रोडक्सनमा व्यस्त छन् ।

फिल्महरु पछिल्ला दिनमा लगातार असफल भइरहेपनि अक्षय कुमार लोकप्रियताको सूचीमा तेस्रो स्थानमा छन् । ऋतिक रोशन यतिबेला आफ्नो एक्सन थ्रिलर फिल्म फाइटरको सुटिङमा व्यस्त छन् । उनी लोकप्रियताको चौथो स्थानमा छन् । आफ्नो फिल्म ‘तु झुठी मैं मक्कर’का लागि चर्चामा रहेका रणवीर कपुर पनि सूचीमा पाँचौं स्थानमा परेका छन् । उनको फिल्मले बक्स अफिसमा राम्रो व्यापार गरिरहेको छ ।