एकै पटक सरकारी जागिरमा नाम निकाले आमाछोरीले : छोरी असिस्टेन्ट सबइन्जिनियर, आमा शिक्षक

जाजरकोट-एकै परिवारका दिदी बहनी दाजुभाइले एकै पटक सरकारी जागिर खाएको सुनेको छौ तर जाजरकोटको भेरी नगरपालिका–२ रिसाङका आमाछोरी एकै पटक सरकारी जागिरे भएका छन् ।

सरकारी जागिरे हुनेमा जाजरकोटको भेरी नगरपालिका–२ रिसाङका आमाछोरी क्रमश निर्मला खड्का र र छोरी श्रष्टा कार्की रहेका छन् । श्रष्टा आमाभन्दा २१ वर्ष कान्छी हुन।

छोरीले लोक सेवा आयोग कर्णाली प्रदेशबाट असिस्टेन्ट सबइन्जिनियर पदमा गत पुस २० गते स्थायी नियुक्ति लिएर मुसीकोट नगरपालिका रुकुमपश्चिममा सेवा सुरु गरेकी छन् भने निर्मलाले शिक्षक सेवा आयोगको विज्ञापनमा सल्यानबाट प्राथमिक तह तृतीय श्रेणीमा हालै नाम निकालेकी छन्। छोरी श्रष्टाले भने पहिलो प्रयासमै लोक सेवा पास गरेकी हुन्।

०६२ सालमा गाउँकै त्रिभुवन निमाविमा अंग्रेजी विषयमा राहत दरबन्दीमा लामो समय काम गरेकी आमा निर्मलाको मेर हदको अन्तिम अवस्थामा स्थायी शिक्षकमा नाम निकालेकी हुन् ।

छोरी श्रष्टाले १९ वर्षको उमेरमै लोक सेवा पास गरेकी हुन्। उनले सदरमुकाम खलंगास्थित त्रिभुवन माविबाट ०७५ सालमा एसईई गरेकी उनले शंखरापुर वहुप्राविधिक शिक्षालय शाँखु काठमाडौंबाट गत वर्ष डिप्लोमा इन सिभिल इन्जिनियर पास गरिन्।a