‘छक्कापञ्जा ४’को यो चर्चित डायलगलाई लिएर ‘सक्किगो नि’का सितेबाले जनाए आपत्ति

काठमाडौं । फिल्म ‘छक्कापञ्जा ४’ले आक्रामक व्यापार गरिरहेका बेला उसँग प्रतिस्पर्धा गरिरहेको फिल्म छड्के २ हलबाट पानी पनि भन्न नपाई बाहिरिएको छ । यसैबिच
फिल्म ‘छक्कापञ्जा ४’को एउटा डायलगलाई लिएर अर्का हाँस्य अभिनेता सिते बा ९मधुसुधन पाठक०ले भने आपत्ति जनाएका छन् ।

टिकटक र फेसबुकको रिलमा भाइरल बनेको डाइल श्रीमती भनेको बैंकको लोन हो । मेन्टेन गरेन भने घरबार लिलाम हुन्छ । ९महिला पात्र भन्छिन्( अनि म के नि रु० सहकारी ।’ ले चर्चा कमाइरहेका बेला सिते बाले भने उक्त ढायलगप्रति हिसाबले प्रयोग घोर आपत्ति जनाएका छन् । उनले फेसबुकमा उक्त क्लिप्स सेयर गर्दै डायलगप्रति आपत्ति व्यक्त गर्दै भनेका छन् ‘सहकारीको विषयमा अतिरञ्जित हिसाबले प्रयोग गरेको डायलगप्रति घोर आपत्ति छ ।

दीपक दाइ तपाईंका सबै डायलगप्रति रोमान्टिक हिसाबले सहमत छु । तर देशकै अर्थतन्त्रको प्रमुख एक हिस्सा ओगटेको सहकारी क्षेत्रको अध्ययन बिना प्रयोग यो डाइलगको वाक्यांश सही छैन । जे होस् फिल्म दामी छ । समयसापेक्ष राजनीतिक परिवर्तनका लागि यो सबैले हेर्न आवश्यक छ, बधाई तथा शुभकामना ।’ सिते बा टीभी सिरियल ‘सक्किगो नि’का कलाकार हुन् । जसको ठिकै छ नी त भन्ने डायलग हिट छ । उनी एक सहकारीका सञ्चालक समेत हुन् ।