प्रसाद २ निर्मातामाथी के आइलाग्यो ? ठगी मुद्धामा जाहेरी दर्ता

फिल्म ‘प्रसाद २’का निर्माता सुभाष थापाविरुद्ध अर्का निर्माता तथा स्वास्थ्य सामाग्री व्यवसायी केशव पाण्डेले ६२ लाख ५० हजार रुपैयाँको चेक बाउन्स र ठगीको आरोपमा जिल्ला प्रहरी परिसर, काठमाडौंमा जाहेरी दर्ता गरेका छन् । थापाले फिल्मको निर्माता बनाउने भन्दै पैसा लिएर ठगी गरेको पाण्डेको आरोप छ । ‘प्रसाद २’को काठमाडौंमा घोषणा हुँदा उनको नाम निर्मातामा थियो ।

गत असारमा टिमभित्रको असमझदारीले छायांकन स्थलमा पुगेर पनि फिल्मको छायांकन हुन सकेको थिएन । मंसिरबाट छायांकन त सुरु भयो तर निर्मातामा पाण्डे थिएनन् । फिल्म निर्माणबापत मुनाफाको रकम बाँड्ने सहमतिमा थापाले एक वर्ष अगाडि उक्त रकम लगेको तर अर्कै निर्माता ल्याएर फिल्म निर्माण गरे पनि आफ्नो रकम फिर्ता नगरेकाले जाहेरी दिएको पाण्डेको भनाई छ ।

निर्माता थापाले माघ २९ गते नेपाल इन्भेष्टमेन्ट बैंक, कालिमाटी शाखामा रहेको खाताको चारवटा चेक दिएको तर खातामा पर्याप्त मौज्दात रकम नभएकाले चेक नसाटिएपछि आफूले प्रहरी परिसरमा चेक बाउन्स ९बैंकिङ कसुर० र ठगीको उजुरी हालेको पाण्डे बताउँछन् । उनले ‘प्रसाद २’को सेन्सर रोक्नका लागि केन्द्रीय चलचित्र जाँच समिति ९सेन्सर बोर्ड०मा समेत निवेदन दिएका छन् ।

‘प्रसाद २’को निर्देशकमा सबैभन्दा पहिला भित्रिएका सौरभ चौधरीलाई पनि थापाले केही रकम तिर्न बाँकी रहेको जानकारीमा छ । उनले चौधरीलाई फिल्म प्रदर्शनको एक हप्ताअघि रकम फर्स्यौट गर्ने कागजी सम्झौता नै गरेका छन् । सुदर्शन थापाको निर्देशनमा बनेको ‘प्रसाद २’ आगामी चैत २४ गतेबाट प्रदर्शनमा आउने तयारीमा रहेको छ । फिल्मको ट्रेलर समेत सार्वजनिक भैसकेको छ ।