पललाई भेटेपछि बसुन्धराले १८ वटा तस्विर पोस्ट गर्दै लेखिन् ‘कर्मको छोरा पलसँग भेट्न पाउँदा हर्षको सीमै रहेन’

काठमाडौं । एक वर्ष जेल जीवन विताएर गत हप्ता मात्रै बाहिर निस्किएका अभिनेता पल शाह अहिले फिल्म र म्यूजिक भिडियोमा फर्किने तयारीमा छन् । उनलाई भेट्न र बधाई दिनका लागि अहिले दिनहुँजासो कलाकार, निर्माता, निर्देशकहरुको उनको निवासमा भिड लाग्ने गरेको छ ।

यसैबिच यसबीच बिहीबार अभिनेत्री बसुन्धरा भुषालले पलसँग भेट गरेर जेलमुक्त भएकोमा परिवारलाई नै बधाई दिँदै निधारमा रातो टीका लगाइदिएर फलफूलसहितको सगुन दिएको तस्विर बाहिरिएको छ । पल जेलमा रहँदा निकै माया देखाएकी कलाकार बसुन्धराले उनलाई आन्तिनगरस्थित निवासमा नै पुगेर भेटेर आर्शिवाद दिँदै ‘तेत्तिसकोटी भगवानले रक्षा गरुन्’ भनेकी छिन् ।

बसुन्धराले पलसँग भेट गरेर जेलमुक्त भएकोमा परिवारलाई नै बधाई दिँदै निधारमा रातो टीका लगाइदिएर फलफूलसहितको सगुन दिँदै गरेको अवसथका १८ वटा तस्विर सामाजिक सञ्जालमा पोस्ट गर्दै लेखेकी छिन् कर्मको छोरा पलसँग भेट्न पाउँदा आफ्नो हर्षको सीमै रहेन ।

स्रोतका अनुसार पलसँग भेट गर्दा उनी भावुक भएकी थिइन् । सामाजिक संजालमा डेढ दर्जन तस्विरहरु पोस्ट गर्दै उनले लेखेकी छिन् ‘आज बल्ल छोरा पल शाह र पलको बुवा(मुवा, दिदी, बहिनी रोशनी, दाजु(भाउजुहरु, भान्जा र सानो दुई भतिजासँग भेटघाट गर्ने मौका पाएँ । पल र सबै परिवारलाई टीका लगाई धेरै आर्शिवाद दिएकी छु र सबै परिवारलाई तेत्तिसकोटी भगवानले सधैंभरि रक्षा गरुन् भनेर हामी सदैव प्रार्थना गर्दछौं ।’