प्रधानमन्त्री प्रचण्डविरुद्धका मुद्दा ‘हेर्न नभ्याइने’मा

काठमाडौं, २५ फागुन । प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डविरुद्ध सर्वाेच्च अदालतमा परेको मुद्दा बिहीबार हेर्न नभ्याइनेमा परेको छ ।

माओवादी युद्धकालीन विषयलाई लिएर मंगलबार परेको रिटको सुनुवाइका लागि बिहीबार न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठको इजलासमा पेसी तोकिएको थियो । तर, हेर्न नभ्याइनेमा परेको सर्वाेच्च अदालत प्रशासनले जनाएको छ ।

माओवादी युद्धकालमा मारिएका भनिएका १७ हजार व्यक्तिमध्ये आफूले पाँच हजारको जिम्मा लिने १ माघ २०७६मा दिएको प्रचण्डको सार्वजनिक अभिव्यक्तिलाई साबिती बयानको रुपमा लिँदै गत मंगलबार सर्वाेच्च अदालतमा दुईवटा छुट्टाछुटै रिट दर्ता भएको थियो ।

यो पनि पढ्नुहोस् :
भारतीय अभिनेत्री राखी सावन्तको श्रीमान आदिल खान दुर्रानीविरूद्ध बलात्कारको आरोप लागेको छ।आदिलविरूद इरानी युवतीले बलात्कारको आरोप लगाएकी हुन्। इन्डिया टुडेका अनुसार उनले मैसूरको भिभी पुरम थानामा उजुरी दर्ता गरेकी छन्।

भारतीय सञ्चारमाध्यमका अनुसार इरानी युवती फार्मेसी कोर्स पढ्नका लागि मैसूर आएकी थिइन्। त्यतिबेला उनको भेट आदिलसँग भएको थियो। उनीहरू नजिकिएसँगै एकै अपार्टमेन्टमा बस्न थालेका थिए। त्यही उनको बलात्कार भएको बताइएको छ।

आदिलविरूद्ध यो दोस्रो उजुरी हो। यसअघि राखीले आदिललाई आफ्ना गरगहना र पैसा लगेको आरोप लगाएकी थिइन्। राखीले उजुरी दिएपछि आदिललाई १४ दिन न्यायिक हिरासतमा राखिएको छ।

गत सोमबार राखीले आदिलसँगको आफ्नो वैवाहिक सम्बन्ध तोडिएको बताएकी थिइन्। सम्बन्ध टुटेको जानकारी दिँदै उनले आदिलविरूद्ध थुप्रै आरोपहरू लगाएकी थिइन्।

राखीले केही समयअघि प्रेमी आदिलसँग विवाह गरेकी हुन्। सामाजिक सञ्जालमा विवाहको तस्बिर र भिडिओ बाहिरिँदा समेत आदिलले राखी आफ्नो श्रीमती भएको अस्वीकार गरेका थिए।

आदिलले आफूलाई अस्वीकार गरेपछि राखी रुँदै मिडियासामु आएकी थिइन्। राखी रोएको देखेपछि बलिउड अभिनेता सलमान खानले आदिलसँग फोनमा कुराकानी गरेका थिए। सलमानसँग कुराकानी गरेपछि आदिलले उनीहरूको विवाह स्वीकार गरेका थिए।

केही दिनअघि राखीको आमाको निधन भयो। आमाको मृत्युले भावविह्वल बनेकी राखीले आफ्नो वैवाहिक जीवन नराम्रो चलिरहेको बताएकी थिइन्। उनी आफैले सञ्चारमाध्यमहरूसँग कुराकानी गर्दै उक्त जानकारी दिएकी हुन्।

उनले आदिलको अर्कै महिलासँग सम्बन्ध रहेको आरोप पनि लाएकी थिइन्।‘मिडियामार्फत आदिलकी प्रेमिकालाई चेतावनी दिन्छु। मेरो र आदिलको बीचमा आयौ भने नाम सार्वजनिक गरिदिन्छु। एक महिला अर्का महिलाको घर तोड्दै छौ। आदिल म अन्य महिलाको जस्तो चुप लागेर बस्दिनँ। यदि फर्किएर आउँछौ भने म केही भन्दिनँ,’ उनले भनिन्।

राखी र आदिलको कुरा यसपछि पनि मिलेन।राखीले अहिले आएर उनकी प्रेमिकाको नाम पनि सार्वजनिक गर्दै भनेकी छन्, ‘आदिलले ऊसँगै बस्ने निर्णय गर्‍यो। उसले हिजो मात्र मलाई म तँलाईं छाडेर ऊसँग बस्न जान्छु भनेको हो।’

यसपछि राखीले आदिलले आफ्ना गरगहना र पैसा लगेको आरोप लगाएकी हुन्। उनले आफ्नी आमाको मृत्युमा पनि आदिल जिम्मेवार रहेको बताइन्।

‘मेरी आमालाई बेलैमा औषधि–उपचार गर्न पाएको भए जिउँदै हुनुहुन्थ्यो होला,’ उनले आदिललाई इंगित गर्दै भनेकी छन्, ‘तर उसले मेरो सबै सम्पत्ति लग्यो र सडकमा ल्याइपुर्‍यायायो। मेरी आमाको मृत्युको जिम्मेदार हो ऊ।’

राखीले आफ्नी आमाको समेत पैसा लिएर आदिल गएको बताएकी छन्। राखीले यसअघि रितेश पाण्डेसँग विवाह गरेकी थिइन्। राखी र रितेश ‘बिग बोस १५’ मा एकसाथ देखिएका थिए। शोबाट बाहिर आएको केही समयपछि उनीहरूको सम्बन्धविच्छेद भएको थियो।