अभिनेत्री करिष्मा मानन्धरको उजुरीपछि प,क्राउ परेका डिल्लीराम रिहा

काठमाडौं । अभिनेत्री करिष्मा मानन्धरले चरित्र ह,त्या गरेको भन्दै प्रहरीमा उजुरी दिएपछि प,क्राउ परेका डिल्लीराम खनाल रिहा भएका छन् । उनी धरौटी बुझाएर रिहा भएका हुन् ।

काठमाडौं जिल्ला अदालतले खनाललाई एक लाख धरौटीमा रिहा गर्न आदेश दिएसँगै उनी धरौटी रकम बुझाएर मंगलबार रिहा भएका हुन् ।

केन्द्रीय साइबर ब्युरोका एसपी पशुपति रायका अनुसार माघ अन्तिम साता मानन्धरले आफू विरुद्ध जथाभाबी बोलेको भन्दै ब्युरोमा उजुरी हालेकी थिइन्। सो उजुरीका आधारमा अदालतबाट प,क्राउ अनुमति लिएर खनाललाई फाल्गुन ५ गते प,क्राउ गरिएको थियो ।

एक युट्युब च्यानलसँगको अन्तरवार्तामा खनालले करिस्माको निजी जीवनबारे टिप्पणी गरेका थिए।