गोकुलको टिप्पणी- संक्रमणकालीन न्याय सत्ता, शक्ति मिलीभगत र तजबिजीमा टुंगिने कुरा होइन

काठमाडौं । नेकपा एमालेका नेता गोकुल बाँस्कोटाले संक्रमणकालीन न्याय निरुपणको विषय सत्ता र शक्तिको तजबिजीमा टुंगिने कुरा नभएको बताएका छन् ।द्वन्द्वकालीन मुद्दाको विषयमा प्रधानमन्त्री प्रचण्डविरुद्ध सर्वोच्च अदालतमा रिट दर्ता भइसकेपछि पीडित पक्षले मानवअधिकारको निर्वाद प्रयोग गर्न पाउने कानूनी, व्यक्तिगत र संवैधानिक अधिकार भएको तर्क गरेका हुन् ।

‘संक्रमणकालीन न्याय निरुपणको विषय द्वन्द्वरत पक्षको मिलीभगत वा सत्ता र शक्तिको तजबिजीमा टुंगिने कुरा हैन’ उनले ट्वीटरमा लेखेका छन् ‘यो पीडित पक्षले मानवअधिकारको निर्वाद प्रयोग गर्न पाउने कानूनी, व्यक्तिगत र संवैधानिक अधिकारको प्रश्न पनि हो ।’

काठमाडौं। सत्ता गठन्धनमा रहेका दलहरुले राष्ट्रपति निर्वाचनका सम्दर्भमा आफ्ना मतदातालाई प्रशिक्षण दिने भएका छन्। यसका लागि मतदानमा सहभागी हुने सदस्यहरुलाई बुधबार ११ बजेसम्म काठमाडौं आउन भनिएको छ।

सिंहदरबारमा मंगलबार बसेको सत्ता गठबन्धनको राष्ट्रपति निर्वाचन परिचालन समितिको बैठकले यसपटक यसअघि भन्दा फरक ढंगले राष्ट्रपतिको निर्वाचन हुन लागेकाले आवश्यक प्रशिक्षण दिने निर्णय गरेको हो।

बैठकपछि कांग्रेस उपसभाति पूर्णबहादुर खड्काले सत्ता गठबन्धनका उम्मेदवार रामचन्द्र पौडेलको पक्षमा मतदानका लागि प्राविधिक तयारी गरिएको जानकारी दिए।

निर्वाचनसंग जोडिएका बिषयसंग सम्बन्धीत बिषयमा छलफल भएको र आवश्यक तयारी गर्ने निर्णय भएको उनले बताए।

उनले देशभरबाट आएका मतदाताहरुलाई अभिमुखीकरण गर्ने कार्यक्रम तय भएपनि निर्वाचन आचारसंहिता लागू भएकाले सो कार्यक्रम स्थगीत भएको जानकारी दिए।

त्यस्तै जसपाका नेता राजेन्द्र श्रेष्ठले निर्वाचनका सम्बन्धमा गर्नुपर्ने सवै कामलाई व्यवस्थीत गर्न सम्बन्धीत दलले तयारी गर्ने निर्णय भएको बताए। उनले निर्वाचनमा कुनै समस्या नरहेको र आफ्ना पक्षमा धेरै मत खस्ने दाबी गरे।

राष्ट्रपति निर्वाचनमा सत्ता गठबन्धनबाट रामचन्द्र पौडेल र एमालेका तर्फबाट सुवासचन्द्र नेम्वाङ उम्मेद्वार बनेका छन्। राष्ट्रपति निर्वाचन फाल्गुन २५ गते बिहीबार काठमाडौंमा हुँदैछ।