२० लाखभन्दा मुनिको ऋण सबै मिनाहा हुनुपर्छ: दुर्गा प्रसाईं

व्यवसायी दुर्गा प्रसाईंले २० लाख भन्दा मुनिको ऋण मिनाहा हुनुपर्ने लगायतका विभिन्न माग गर्दै भैरहवामा सभा गरेका छन्। राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियानको संयोजकत्व गरेका प्रसाईंले भैरहवामा सम्बोधन गर्दे एक करोड युवा देशबाहिर रहेको देशको पैसा जति ५५ व्यापारी र १० जना नेताले बाहिर लगेको आरोप लगाए।

देशमा भएका युवामध्ये पनि लघुवित्त र सहकारीले खेदेको र त्यसबाट पनि बचेका युवा माानसिक तनावका कारण पूर्व हिड्नुको साटो पश्चिम हिडिरहेका अवस्था रहेको उनको भनाइ छ । राष्ट्र र राष्ट्रियताको संरक्षण र सबलीकरण गर्ने, सनातन धर्मको संरक्षण र सम्बर्द्धन गर्ने, भ्रष्टाचार नियन्त्रण गर्ने र सुशासन कायम राख्ने, आर्थिक विकृति, विसंगतिविरुद्ध सशक्त ढंगले आवाज उठाउँदै सो अभियान जारी राख्ने उनले जानकारी दिए।

उनले देशका व्यवसायी आर्थिक संकटमा परेका बेला उनीहरुलाई उद्योग व्यवसाय सञ्चालन गर्ने वातावरण नरहेको भन्दै व्यवसायीमैत्री वातावरण बनाउन माग गरेका छन्। आम नागरिकलाई गणतन्त्र नलागेको तर व्यापारी र नेताहरुलाई गणतन्त्र लागेको भन्दै प्रसाईंले दलाल, माफिया सामान्तीले देश सक्ने लागेको आरोप लगाएका छन्।

उनले देशका जनताको हितमा लागेर अभियान गर्दा कारवाही भोग्नु परेको बताउँदै कुनै पार्टीको झोले र गुलाम भएर नहिड्नेसमेत बताए। ‘हाम्रो अभियानको उद्देश्य नै संघीयता खारेज, हिन्दु राज्य, २० लाख भन्दा मुनिको ऋण मिनाहा, २० लाख भन्दा माथीको ऋणमा ४ देखि ६ प्रतिशत ब्याजदर, लघुवित्त र सहकारी बन्द लगायतको माग रहेको छ’, उनले भने। संसारमै नभएको कर नेपालमा रहेको उल्लेख गर्दै उनले उद्योग वाणिज्य संघ पनि पीडितको पक्षमा नआएको आरोप लगाए।

देशमा भएका युवाहरु मध्ये पनि लघुवित्त र सहकारीले खेदेको र त्यसबाट पनि बचेका युवाहरु माानसिक तनावमा आई पूर्व हिड्नुको साटो पश्चिम हिडिरहेका अवस्था रहेको उनकाे भनाइ छ। राष्ट्र र राष्ट्रियताको संरक्षण र सबलीकरण गर्ने, सनातन धर्मको संरक्षण र सम्बर्द्धन गर्ने, भ्रष्टाचार नियन्त्रण गर्ने र सुशासन कायम राख्ने, आर्थिक विकृति, विसंगति विरुद्ध सशक्त ढंगले आवाज उठाउदै साे अभियान जारी राखने उनले जानकारी दिए।

यसअघि पहिलो पटक संसदको दुवै सदनबाट पारित भएर पठाएको विधेयकलाई राष्ट्रपति भण्डारीले पुनर्विचार गर्न भन्दै संसदमै फिर्ता पठाएकी थिइन्। राष्ट्रपति भण्डारीले दोस्रोपटक प्रमाणीकरणका लागि गएको विधेयकका विषयमा सरोकारवाला, विज्ञ, कानुनविद्, राजनीतिक दलका नेताहरुसँग छलफल पनि गरेकी थिइन्।

विधेयकका प्रावधानहरू संविधानविपरीत भएकाले धारा नै उल्लेख गरेर सच्याउन सुझाव दिँदा पनि पुनर्विचार नगरिएकाले राष्ट्रपतिले विधेयकका सन्दर्भमा संविधानको संरक्षण गर्ने अधिकार प्रयोग गर्ने यादवको तर्क छ।
प्रादेशिक पहिचानसहितको नागरिकता वितरण, महिलाहरूका लागि लैंगिक हकको कार्यान्वयन, सम्मानपूर्वक बाँच्न पाउने अधिकार, वैवाहिक अंगीकृत नागरिकतामा महिलाको आत्मसम्मान समाप्त पार्ने व्यवस्थालाई संविधानअनुकूल संशोधन नगरिएकाले राष्ट्रपतिले विधेयक प्रमाणीकरण नगरी संविधान संरक्षण गर्न खोजेको उनले दाबी गरे।

कुनै वस्तुप्रतिको निर्लिप्तता उसको अन्त्यको कारण हो । हस्तिनापुरको सम्राटप्रतिको अति आशक्तता दुर्योधनको नासको कारण बन्यो । पुत्रमोहको चरम उत्कर्षताका कारण धृतराष्ट्रले हस्तिनापुर छोड्नुप¥यो । रावणको अन्त्य अहंकार र आफ्नो शक्तिप्रतिको आत्ममुग्धताले भयो । मैले यही पढेको हो । त्यसैले त बुद्ध मध्यमार्ग भन्छन् ।

यही लेखिएको छ बुद्धोपदेष र त्रिपिटकमा पनि । कुनै पनि वस्तुप्रतिको अति मोह क्षतिको मूल कारण हुन्छ । इतिहास साक्षी छ । अनुभव साक्षी छ ।

अति सुन्दर नार्सिसस अघि–अघि, दुनियाँका युवती पछि–पछि । नार्सिसस फकिर छ । उसका पछौटे पनि फकिर बने । युवतीहरू उसलाई आकर्षित गर्न चाहन्छन्, नार्सिसस बेमतलब छ । ऊ सिर्फ आफूमा केन्द्रित छ । उसले एकोको प्रेमलाई पनि बेवास्ता गर्छ ।

एकदिन नार्सिसस एक तलाउमा आफ्नो अनुहार देख्छ । ऊ अति मोहित हुन्छ, आफ्नो रूप देखेर । आफ्नो सुन्दरता देखेर । नार्सिससलाई आफू बाहेक दुनियाँ तपसिल लाग्छ । आफ्नो अनुहार हेरेको हेर्‍यै हुन्छ । अनि मर्छ । नार्सिसस मरेपछि सारा युवतीहरू रुँदै तलाउ नजिक आउँछन् । रुन्छन्, कराउँछन्, विलाप गर्छन् । विस्मात गर्छन् र तलाउलाई सोध्छन् । नार्सिसस कसरी मर्‍यो ?

तलाउ सहजै उत्तर दिन्छ र भन्छ, ‘मैले नार्सिसस मरेको देखिनँ । मैले त नार्सिससको आँखामा सिर्फ आफूलाई देखें । आफ्नो सुन्दरतामा मोहित थिएँ ।’ नार्सिसस तलाउमा आफूलाई देख्छ । तलाउ नार्सिससको आँखामा तलाउलाई । यहाँ सिर्फ आफूलाई मात्र देख्छन् र आफूलाई मात्र सोच्छन् ।