रेष्टुरेन्टको ६ तला माथिबाट खसेर माधव नेपालका भाईको निधन

नेकपा (एकीकृत समाजवादी) का नेता सरोजकुमार उपाध्यायको निधन भएको छ। नेकपा एस अध्यक्ष माधव नेपालका कान्छा भाई उपाध्ययको आज दिउँसो २ बजेतिर शंखमुलस्थित एक रेष्टुराँको ६ तलामाथिबाट खसेपछि उपचारकै क्रममा निधन भएको हो।

रेष्टुराँबाट खस्दा सुरुमा विजुलीको तारमा परेको र त्यसपछि उनी भुईमा खसेका थिए। भुईमा खसेर घाईते भएका उपाध्ययलाई सुरुमा नयाँबानेश्वरस्थित निजामति कर्मचारी अस्पताल पु¥याइएको थियो । तर, त्यहाँ उपचार हुन नसकेपछि उहाँलाई माइतिघरस्थित अन्नपूर्ण न्यूरो अस्पतालमा पु¥याइएको थियो ।

६२ वर्षीय उपाध्ययको उपचारकै क्रममा उनको निधन भएको हो।