रवि लामिछानेसंग एनआरएनए यूके अध्यक्ष गाहामगरको भेट, उठाए गम्भीर मुद्दा

लन्डन । एनआरएनए यूके अध्यक्ष प्रेम गाहामगरले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रविलामिछानेसंग भेट गरेका छन् । आफ्नो नेपाल भ्रमणका क्रममा राजनीतिक भेटघाटलाई तीव्रता दिएकागाहामगरले लामिछानेसंग भेट गरि विभिन्न विषयमा छलफल गरे ।

अध्यक्ष गाहामगरले पूर्व उपप्रधानमन्त्री तथा गृहमन्त्री लामिछानेसंगको भेटमा वंशजको नेपालीनागरिकता निरन्तरता, गोर्खा समस्या समाधान, प्रवासका नेपालीको मताधिकार लगायत विषयआफ्ना सांसदहरुमार्फत सदनसम्म पुरयाइदिन लामिछानेलाई आग्रह गरेका थिए ।

गाहामगरले लामिछानेजस्ता युवा र भिजन भएका नेताहरु देशले अपेक्षा गरेको भन्दै राजनीतिकयात्रामा हरेस नखाई अगाडि बढ्न शुभकामना दिएको बताए ।

नेता लामिछानेले आफू पनि विदेश बसेर फर्किएकाले प्रवासका नेपालीको मुद्दा प्राथमिकताका साथउठाउन सधैं लागिरहने प्रतिवद्धता व्यक्त गरेका थिए । लामिछानेले गोर्खाहरु बेलायत नेपालसम्बन्धका प्रमुख आधार भएको र उनीहरुको विषय राष्ट्रिय समस्या भएकाले यस मुद्दातर्फ गम्भीरभएर लाग्ने प्रण गरेको पनि गाहामगरले जनाए ।

गाहामगरले २० वर्षको नेतृत्व दौडान एनआरएनए नेताहरुले प्रभावकारी काम गर्न नसक्दा तपाईंलेयस्तो सास्ती बेहोर्नुपरयो भन्ने समेत स्मरण गराएका थिए ।

गाहामगरले सोही पार्टीका केन्द्रिय सदस्य रमेश प्रसाईंलाई पनि भेटेर समसामयिक विषयमा छलफलगरेका थिए ।

भवदीय,
भरतमणि चोङ्बाङ

उपाध्यक्ष / प्रवक्ता

गैर आवासीय नेपाली संघ युके,