एउटै फिल्ममा २१ वटा किस सिन दिएर चर्चामा आएकी हट अभिनेत्री मल्लिका शेरावत कहाँ छिन् त अहिले ?

मर्डरमा किलर सीन दिएर चर्चामा आएकी हट अभिनेत्री मल्लिका शेरावतले अहिले इन्डस्ट्रीबाट टाढै छिन् । तर मल्लिका शेरावतलाई तपाई सबैले याद गर्नुहुनेछ जसले भीगे ओठ तेरे गीतमा इमरान हाश्मीसँग सीन दिएकी थिइन्। यतिबेला यी अभिनेत्रीले इन्डस्ट्रीबाट टाढा भएपनि सामाजिक सञ्जालमा निकै सक्रिय छिन् ।

मल्लिका शेरावत अन्तिम पटक एकता कपूरको हरर कमेडी सिरिज ुबू सबकी फतेगीु मा सन् २०१९ मा देखिएकी थिइन्। मल्लिकाको ग्ल्यामरमा अझै कमी आएको छैन। साँच्चै भन्ने हो भने उमेरसँगै उनको सौन्दर्य निक्कै बढ्दै गएको छ । अभिनेत्रीले सन् २००३ मा गोविन्द मेननको फिल्म ‘ख्वाहिश’ बाट बलिउडमा डेब्यु गरेकी थिइन् ।

आफ्नो पहिलो फिल्ममा उनले २१ वटा किस सिन दिएर आतंक मच्चाएकि थिईन् । तर, यो फिल्मबाट उनले त्यो चर्चा पाउन सकिनन् । मल्लिका शेरावतले सन् २००४ मा निर्देशक अनुराग बसुको फिल्म ‘मर्डर’ बाट अविस्मरणीय पहिचान बनाइन् । फिल्ममा इमरान हाश्मीसँगको उनको रोमान्टिक केमेस्ट्री निकै रुचाइएको थियो ।

हरियाणाकी मल्लिका शेरावतले इन्डस्ट्रीमा आउनुअघि नै विवाह गरिन् । तर, उनीहरुको वैवाहिक सम्बन्ध लामो समय टिक्न सकेन र सम्बन्धविच्छेदपछि दुवै छुट्टिए । मल्लिका शेरावत फेरि एकपटक इन्डस्ट्रीमा फर्किन लागेकी छिन् । उनी रजत कपूर निर्देशित फिल्म ‘आरके’ मा देखिनेछिन् । यो कमेडी ड्रामा फिल्म हुनेछ ।