पल शाह छुट्ने खबरले उत्साहित हुँदै पूजा शर्माले लेखिन् आज पानी पर्यो, सबै फोहोर पखालियो

पोखरा, १४ फागुन । कलाकार पल शाह छ ुट्ने खबरले सिने क्षेत्रमा खुशीयाली छाएको छ ।

जिल्ला अदालत नवलपुरले गरेको फैसलामाथि कलाकार पल शाहले गरेको पुनरावेदनमा उच्च अदालतले अभियोग दावी नपुग्ने ठहर गरेसँगै पल शाह जेलमुक्त हुने भएका छन् ।

उच्च अदालत पोखराले आइतबार पुनरावेदन सुनुवाई गर्दै अभियोग दावी नपुग्ने ठहर गरेसँगै जेलमुक्त हुन लागेका पल शाहकी नजिककी साथि पूजा शर्माले खुशी व्यक्त गरेकी छिन् । उनले फेसबुकमा स्टाटस लेख्दै भनेकी छिन् आज पानी पर्यो, सबै फोहोर पखालियो । मेरो साथी पलले सफाइ पायो । अब सबै कुरा सुन्दर भएर आयो । धन्य भगवान ।

पल शाहले नवलपरासी अदालतको आदेश बिरुद्द पोखरा उच्च अदालतमा पुनरावेदन गरेका थिए । यसअघि नवलपुर जिल्ला अदालतले शाहलाई बाल यौ न दुर्व्यवहारमा दोषी ठहर गर्दै साढे २ वर्ष कैद सजाय गरेको थियो भने यसअघि तनहुँ जिल्ला अदालतले भने शाहलाई निर्दोष ठहर गरेको थियो। शाह एक वर्षयता कारागारमा छन्।

आदेशसँगै उनी अब जेलमुक्त हुने भएका छन । पललाई भेट्न पटक पटक तनहुँ जिल्ला कारागारमा पुगेकी पूजाले पछिल्लो पटक उनकै जन्मदिनमा भेटेर फर्किएकी थिइन् । सो अवसरमा पलले पूजालाई आँफुले छिट्टै न्याय पाउने कुरामा आश्वस्त रहेको बताएका थिए ।