पूर्वमिस नेपाल श्रृंखला र कान्तिपुर मिडियाका मालिकका छोरा प्रेममा, सम्भव र श्रृंखला दुवै अमेरिकामा

पूर्वमिस नेपाल श्रृंखला खतिवडा र भ्लगर सिसन बानियाँबीच केही समय प्रेमको चर्चा चल्यो । मिस वल्र्डमा भाग लिने समयदेखि नै सिसन र श्रृंखला निकट भए । देश–विदेशमा घुम्नदेखि सामाजिक सञ्जालमा मायालाई अभिव्यक्तसम्म गरे ।

तर केही महिनाअघि एकले अर्कोलाई इन्स्टाग्राममा अनफलो गरेपछि यी दुईबीच सम्बन्धमा ठिकठाक नरहेको चर्चा चल्यो । केही दिनअघि एक लामो फेसबुक स्टाटस लेख्दै सिसनले श्रृंखलासँग ब्रेकअप भइसकेको संकेत गरे । यी दुईले जहिलेदेखि एकअर्कालाई अनफलो गरे,

श्रृंखलाको नाम सञ्चार उद्यमी सम्भव सिरोहियासँग जोडियो । श्रृंखलाकी आमा मनु खतिवडाले टिकटकमा लगातार पोस्ट गरिरहेका भिडियोले श्रृंखला र सम्भवबीच निकटता बढिरहेको मिडिया विवरण बाहिर आएका थिए । यी दुईबीच केही महिनायता प्रेम सम्बन्ध रहेको गाइँगुइँ चलिरहेको बेला

सम्भवले प्रेमको हल्लालाई पुष्टि हुने गरी शनिबार इन्स्टाग्राममा एक तस्वीर सेयर गरेका छन् ।जुन तस्वीरलाई श्रृंखलाले खिचेको देख्न सकिन्छ । फोटो खिच्नेको अनुहार पनि झ्यालको सिसामा प्रष्ट देखिएको छ भने सम्भवले हार्वर्ड विश्वविद्यालयको क्याप लगाएका छन् ।

श्रृंखला अहिले हावर्ड युनिभर्सिटीमा अध्ययनरत समेत छिन् । सम्भव यतिबेला अमेरिकामै छन् । यी दुईले खुलेरै प्रेमबारे नखुलाएपनि प्रेमको चर्चा भने सामाजिक सञ्जालमा चुलिएको छ ।सार्वजनिक भएको एक तस्वीरले यी दुइको प्रेम चर्चामा बल मिलेको छ ।

संभव सिरोहियाको एक तस्वीरको पृष्ठभूमिमा श्रृङ्खला छिन् । उनीहरुको यो तस्वीर थाहा भएर नै सार्वजनिक भयो या अन्जानमा यो उनीहरुले नै जान्ने कुरा भयो । तर, श्रृङ्खलाले नै यो तस्वीर खिचेको प्रष्ट हुन्छ । अमेरिकामा नै यी दुइबिच मायाको कोपिला पलाएको वुझिएको छ ।

यो बिषयमा श्रृङ्खलाले पक्कै पनि जवाफ देलिन् । श्रृंखला केही समय भ्लगर सिसन बानियाँको प्रेममा रहेकी थिइन् । तर यी दुईको सम्बन्ध टुटेको केही समय बितिसकेको छ । गएको प्रणय दिवसको नजिकै सिसनले आफ्ना पूर्वप्रेमिकालाई सम्बोधन गर्दै लेखेको लामो स्टाटस श्रृंखलालक्षित रहेको धेरैको अनुमान थियो ।

यो जोडीको ब्रेकअपअघि नै श्रृंखलाको सम्बन्ध सम्भव सिरोहियासँग सुरु भएको चर्चा भएको थियो। हाल सम्भव र श्रृंखला दुवै अमेरिकामा छन्। यो हल्लाबीच सम्भव सिरोहियाको एक तस्बिरको पृष्ठभूमिमा श्रृंखला देखिएपछि उनीहरु प्रेममा छन् भन्ने कुरालाई थप बल दिएको छ।