देखेको ७ सेकेन्ड भित्र ॐ लेखी सेयर गर्नुहोस् ७ घण्टा भित्र मनोकामना पूरा हुनेछ, वेवास्ता गरे पाप लाग्नेछ

दक्षिण अफ्रिकाको वेदवे इलाकामा निकै दुर्लभ दुईवटा टाउको भएको सर्प भेटिएको छ । दक्षिण अफ्रिकाको क्वाजुलु नाटाल प्रान्तका एक व्यक्तिले आफ्नो घरको गार्डेनमा दुईवटा टाउको भएको सर्प देखेपछि यसले कसैलाई टोक्ला भनेर तत्काल एउटा भाँडोमा राखे ।

त्यसपछि उनले सर्पको संरक्षण र उद्दार गर्ने निक इभान्सलाई सम्पर्क गरे । निक इभान्स केजेडएन एम्फिबियन एन्ड रेप्टाइल कन्जरभेसनका संस्थापक हुन् । उनले आफ्नो फेसबुक पोस्टमा यो सर्पको तस्बिर सेयर गर्दै लेखे, ‘म हालै उत्तरी डर्बनको ब्राई इलाका नजिकै थिएँ ।

त्यतिबेला मलाई वेदवेबाट एउटा तस्बिर पठाइयो । यो दुईवटा टाउको भएको सर्पको तस्बिर थियो । यो एक साउदर्न ब्राउन एग इटर सर्प हो । यसले कुनै पनि खालको हानी पुर्याउँदैन ।’

दुईवटा टाउको भएको सर्प निकै दुर्लभ हो । यो स्थितिलाई बाइसिफेली भनिन्छ । जब कोही जुम्ल्याहा जन्मिनु अघि अलग हुन सक्दैनन् तब यस्तो स्थिति निम्तिने गर्छ । १० हजार सर्पको जन्ममा कुनै एउटा सर्प यस्तो जन्मिने गर्छ । तर यिनिहरु जीवित रहने सम्भावना निकै कम हुन्छ । दुईवटा टाउको भएको सर्प लामो समयसम्म जीवित रहन नै सक्दैनन् ।

अब यो दुईवटा टाउको भएको सर्प निक इभान्सको व्यावसायिक समूहको हातमा पुगेको छ । यहाँ उसको स्वास्थ्यबारे ख्याल राखिएको छ । दुईवटा टाउको भएका सर्पका लागि जीवन पक्कै पनि सहज छैन ।

यो जङ्गलमा बाँच्ने सम्भावना पनि कम छ । त्यसैले दुईवटा टाउको एउटा भन्दा पक्कै पनि राम्रो हुँदैन । अब यो अण्डा खाने सर्पले आफ्नो यहि विकृतिसँग बाँच्न सिक्छ कि सिक्दैन, त्यो भने हेर्न बाँकी छ ।