पिकनिक गएका अनुसन्धानका कर्मचारी जीवनको रहस्यमय मृत्यु, पौडी खेल्न सिपालु उनको शव नदीमा भेटियो

बैतडी – बैतडीमा पिकनिक गएका अनुसन्धानका कर्मचारीको रहस्यमय मृत्यु भएको छ । मृत्यु हुनेमा दशरथचन्द नगरपालिका–१० खडेनीका जीवन बुडाल चौलानी नदीमा मृत मृत अबस्थामा फेला परेका हुन् ।

जिल्ला प्रहरी कार्यालय बैतडीका डीएसपी प्रेम शाहीका अनुसार घटनास्थलको मुचुल्का तयार गरेर शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल पठाइएको छ । झाङ कार्यक्षेत्र रहेका उनी केही दिन अघि विदामा घर गएको र ।शनिबार आफ्ना इष्टमित्र र साथीहरुसंग जाडाबगरमा पिकनिक मनाउन गएका उनी चौलानी नदीमा राति मृत भेटिएका हुन ।

बुडालको नदीमा डुबेर वा अन्य के कारणले मृत्यु भएको हो अझै एकिन भएको छैन। उनीसँगै पिकनिक मनाउन अन्य ११ जना पनि गएका थिए।उनी महाकाली तीरसँगै रहेको खडेनीका स्थानीय बासिन्दा हुन। उनी पौडी खेल्न सिपालु भउका कारण पनि घटना शंकास्पद रहेको बुझिएको छ । दिउँसो पिकनिक गएका बुडाल हराएको भन्दै उनका साथीहरुले राति करिब ९ बजेतिर मात्रै प्रहरीलाई खबर गरेका थिए।