मलाई मेयर पदबाट राजिनामा दिन लाउन खोज्दैछन् : बालेन

काठमाडौ । काठमाडौ महानगरका प्रमुख बालेन शाहले भर्खरै आफ्नो फेसबुकमा एक अभिब्यक्ति सार्बजनिक गरेका छन् ।

उनले लेखेका छन् -मेयर पोजिसनबाट मलाई आज राजीनामा दिन लाउन खोज्दैछन् ।यो देश कहिल्यै पनि बन्दैन ।

यो पनि…
आगम्छे पुनःनिर्माण गरिने
काठमाडौँ, १३ फागुन (रासस) ः
हनुमान ढोकास्थित ऐतिहासिक सम्पदा आगम्छे घर पुनःनिर्माण गरिने भएको छ । विसं २०७२ वैशाखमा गएको भूकम्पका कारण उक्त घरमा क्षति पुगेको थियो ।

आगम्छे घरको पुनःनिर्माण नहुँदा मोहन चोक, सुन्दरी चोक, कालिका मन्दिर र लक्ष्मीनारायण सत्तलको काम पनि अघि बढ्न सकेको थिएन । रोकिएका काम जनसहभागिता जुटाएर अघि बढाइने काठमाडौँ महानगरपालिकाका उपप्रमुख सुनिता डङ्गोलले बताउनुभयो । उहाँले भन्नुभयो, “स्थानीयकै सहभागितामा आगम्छे घरलगायतको काम तत्काल अघि बढ्छ ।”

विश्वसम्पदामा सूचीकृत हनुमानढोका दरबार क्षेत्रका ३८ सम्पदाको पुनःनिर्माण सम्पन्न भइसकेको छ । विसं २०७२ वैशाखमा गएको भूकम्पले ७५ सम्पदा क्षतिग्रस्त भएका थिए । चौध सम्पदाको पुनःनिर्माण जारी रहेको हनुमानढोका दरबार हेरचाह अड्डाका प्रमुख सन्दीप खनालले जानकारी दिनुभयो । “पुनःनिर्माण भइरहेका सम्पदा आगामी डेढ वर्षभित्र पूरा गर्ने लक्ष्य छ”, उहाँले भन्नुभयो ।

हनुमानढोकाको दक्षिणतर्फ रहेको ऐतिहासिक नौतले दरबार, बसन्तपुर टावर, ललितपुर टावर, कीर्तिपुर टावर र भक्तपुर टावर चीन सरकारको सहयोगममा पुनःनिर्माण गरिएका छन् । काष्ठमण्डप, नाटेश्वर, पञ्चमुखी हनुमान, तारिणीदेवी मन्दिर, महादेव मन्दिर पहिलो र दोस्रो, लक्ष्मीनारायण मन्दिर, कागेश्वरी मन्दिर, नागरा वंशगोपाल, श्वेत भैरव, सिल्यान सत्तल, गद्दी बैठक, ढुकुटी चोक, तलेजु मन्दिर नजिकैको सानो मन्दिर, तलाजु टेराकोटा तोरण, प्रताप मल्लको सालिकलगायतको पुनःनिर्माण सम्पन्न भएको छ । ऐतिहासिक गद्दी बैठक अमेरिकी सरकारको सहयोगमा निर्माण सम्पन्न भई हाल सर्वसाधारणका लागि खुला गरिएको छ ।

कूल ४४ रोपनी क्षेत्रफलमा फैलिएको वसन्तपुर दरबार क्षेत्र सन् १९७९ मा विश्वसम्पदा सूचीमा समावेश गरिएको थियो । महानगर क्षेत्रभित्रका ठूला जात्रा तथा पर्व सञ्चालन गर्दा हनुमान ढोका दरबार क्षेत्रमा पुग्ने चलन छ ।