बाबु र छोरीलाई रिसाएको कुखुराको भालेले गर्यो आक्रमण : आक्रमणबाट बाबुको निधन, छोरी घाइते

काठमाडौं । ‘ब्रउह्मा’ प्रजातिको कुखुराको भालेको आक्रमणबाट एक जनाको मृत्यु भएको छ । ब्राह्मा कुखुराले आक्रमण गरे लगत्तै ज्यास्पर क्रसको रगत निकै बगेपछि उनी आफ्नै आँगनमा लडेपछि छिमेकी कोरी ओकिफेले हतार हतारमा एम्बुलेन्सलाई बोलाएर उपचारका लागि लगेका थिए ।

उक्त घटनाको छानबिन समितिको प्रतिवेदनमा नयाँ तथ्यले भालेको आक्रमणपछि उनलाई छिमेकी बचाउन खोजेका थिए तर असफल भएको उल्लेख गरेको द आयरिश एक्जामिनरले न्यायिक छानबिनको आधारमा आफ्नो रिपोर्ट प्रकाशित गरेको छ ।

रिपोर्टका अनुसार ज्यास्पर किल्होर्निया, आयरल्याण्डका बासिन्दा थिए। घटनाका साक्षी तथा जास्परका छिमेकी कोरी ओकिफेले भने–उनी कराउँदै थिए, मैले उनको खुट्टा रगतले लतपतिएको देखेँ । उनको खुट्टाबाट लगातार रगत बगिरहेको थियो । मृत्युपछि ज्यास्परको शव पोस्टमार्टमका लागि लगिएको थियो ।

उनको पोस्टमार्टम युनिभर्सिटी कलेज अस्पतालमा भएको थियो । उनी क्यान्सर र मृगौला फेलबाट पनि पीडित रहेको उनकी छोरी वजिर्नियागुनेनले बताइन् । वजिर्नियागुनेनले उक्त भालेले आँफुलाई पनि केही समय अघि आक्रमण गरेको बताइन् । उनले आँफु पनि घाइते भएको बताइन् ।