चर्चित मोडल सरिता दानकोटीको अभिनय रहेको ‘दरम खोला’ गीत चर्चामा (भिडियाे)

मौलिक ठाडो भाकामा आधारित लोकगीत ‘दरमखोला’ यति बेला युटुवदेखी टिकटकसम्म सर्वाधिक हिट भएको  छ । गायक वसन्त थापा र गायिका देवी घर्ती मगरको स्वर रहेको गीत ‘वसन्त थापा’ यूट्युब च्यानमार्फत डिजिटल बजारमा आएको हो ।

सार्वजनिक भएको केही घण्टामै गीतको ‘म्युजिक भिडियो’ले यूट्युबमा दर्शकको राम्रो माया ‘भ्यूज’ पाएको छ । गीतको शब्द सर्जक प्रह्लाद सुवेदीले लेखेका हुन् । संगीत रचना गायक थापा आफैंले गरेका हुन् ।

ठेट शब्द, मनछुने भाका र स्वरका कारण गीतले दर्शक/श्रोताबाट राम्रो प्रतिक्रिया पाइरहेको छ । ‘म्युजिक भिडियो’मा प्रयुक्त नाच र अभिनयले पनि गीतमा मौलिकता थपेको छ । ठाडो भाका गण्डक क्षेत्रमा प्रचलित मौलिक लोकभाका हो । पहिले पहिले मेलापात र रोधीघरमा ठाडो भाका गुञ्जने गथ्र्यो । पछिल्लो समय ठाडो भाकाको मौलिकता हराउँदै जान थालेको छ । संगीतमा आधुनिकताको प्रभावले पुराना लोकभाका संकटमा परेका छन् ।

चर्चित मोडल सरिता दानकोटीले अभियन गरेको ‘दरम खोला’ बोलको गीत एकदमै चर्चा कमाएको छ । गितको अभिनयमा लोकप्रिय गायक बसन्त थापा र कृष्णमान श्रेष्ठको बेजोड प्रस्तुती रहेको छ । सार्वजनिक भिडियोमा निर्देशन र कोरियोग्राफी होम गुरुङ, छायांकन राम केसी र सम्पादन बिकाश ज्ञवालीको रहेको छ।

गीतको पुरा भिडियो तल हेर्नुहोस।