झापामा एक युवकले गरे पे,ट्रोल छ,र्किएर आ,त्मदाहको प्र,यास

झापा : झापाको बिर्तामोडमा एक युवकले आ,त्मदाहको प्रयास गरेका छन्।
बिर्तामोडको मुक्तिचोकमा मंगलबार अपराह्न ४ बजे शरीरमा पे,ट्रोल छ,र्किएर विजय चौधरीले आ,त्मदाहको प्रयास गरेको जिल्ला प्रहरी कार्यालयका डीएसपी खगेन्द्रप्रसाद रिजालले जानकारी दिए।

बिर्तामोड-७ निवासी ३४ वर्षीय चौधरी बीएण्डसी हस्पिटलमा चालकको काम गर्थे। उनी दुर्गा प्रसाईंको सहयोगीका रूपमा रहेका थिए। तर, केही महिनादेखि उनी बेरोजगार रहेको बताइएको छ।घ,टनापछि चौधरीलाई उपचारका लागि बीएण्डसी अस्पताल लगिएको डीएसपी रिजालले बताए।

पेट्रोल छर्किएर आ,त्मदाहको प्रयास गरेका चौधरीलाई प्रहरी र स्थानीयले तत्काल उद्धार गरी अटोमा हालेर हस्पिटल पुर्‍याइएको बताइएको छ।उनको श,रीरको पछाडिको भाग १५ देखि २० प्रतिशत ज,लेको छ। उनको बीएण्डसी हस्पिटलको एचडीयुमा उपचार भइरहेको छ।उनले आ,त्मदाह गर्नुको कारण अझै नखुलेको डीएसपी रिजालको भनाइ छ।

पूर्वराजाका सचिवको प्रस्तावः यही व्यवस्थामा सर्वसम्मतिबाट राजालाई राष्ट्रप्रमुख बनाऊँ

काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहले प्रजातन्त्र दिवसका अवसरमा जारी गरेको सन्देशले राजनीतिको साइडलाइनमा तरंग उब्जेको छ । नयाँ राष्ट्रपति चयनका विषयमा ठूला दलहरूबीच खिचातानी चलिरहेको र बाह्य चलखेलसमेत बढेको बेला पूर्वराजाले दलहरूसँग सहकार्यको आह्वान गरेका थिए ।

एमाले अध्यक्ष केपी शर्मा ओली र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले पूर्वराजाको आह्वानमा प्रतिक्रिया दिएका छन् । ओलीले आफ्ना अगाडि दुई,चार सय मान्छेहरू देखेर पूर्वराजा हौसिएको हलुका टिप्पणी गरेका थिए । उनले पत्रकारसँग कुरा गर्दै २४० वर्षमा राजसंस्थाले नेपालमा के गर्‍यो भन्ने प्रश्नसमेत उठाए । नेपालले भने वक्तव्य नै जारी गरेर पूर्वराजाको सन्देश नै अनधिकृत र असंवैधानिक रहेको बताएका छन् ।

त्यसो त पूर्वराजाको हरेक वक्तव्यले राजनीतिक दलहरूलाई अत्याउने र झस्काउने गरेको छ । यसअघि पूर्वराजाले अमूर्तरूपमा वर्तमान राजनीतिक व्यवस्थाप्रति आफ्नो असन्तुष्टि पोख्ने गरेका थिए । यसपालि भने उनले मूर्त र ठोसरूपमै दलहरूसँग सहकार्यको प्रस्ताव राखेका छन् । तर, उनले कस्तो खालको सहकार्य चाहेका हुन् भन्ने स्पष्ट छैन ।

हामीले यस विषयमा पूर्वराजाका प्रमुख संवाद सचिव फणिराज पाठकसँग प्रश्न गर्‍यौं ।

उनले परम्परागत जवाफ दिए, दल र राजा मिल्नुपर्‍यो, देश बनाउनुपर्‍यो । सहकार्य भनेको त्यही नै हो ।

तर, अहिले देशमा गणतन्त्र छ । अहिलेको संविधानले ‘राजा’ चिन्दैन । पूर्वराजा ज्ञानेन्द्र एउटा आम नागरिकको हैसियतमा छन् । भने, के हैसियतमा उनीसँग दलहरूले सहकार्य गर्न सक्छन् भन्ने प्रश्न उठ्छ । के पूर्वराजाले संवैधानिक राजसंस्थाका रूपमा फेरि आफ्नो स्पेस खोजेका हुन्?

पाठकले स्पष्ट पारे, दलहरूले आफ्नो स्पेस राखुन् र राजालाई कुनै रूपमा स्पेस दिउन् । २००७ सालजसरी देश अगाडि बढ्नुपर्‍यो । यही नै उत्तम विकल्प हो ।

पाठकले ठोसरूपमै पूर्वराजा ज्ञानेन्द्रलाई राष्ट्राध्यक्ष बनाउन प्रस्तावसमेत गरे ।