दुर्गा प्रसाईंले गरे यस्तो घोषणा ओलीलाई लाग्यो झड्का, के प्रसाईले गर्दै छन् त नेपाली राजनीति कायापलट ?

काठमाडौं । नेकपा एमालेले केन्द्रीय सदस्य दुर्गा प्रसाईलाई निष्कासनको प्रक्रिया अगाडि बढाएको छ । प्रदेश १ कमिटीले पार्टीको साधरण सदस्य समेत नरहने गरी निष्कासन गर्न सिफारिस गरेको केन्द्रीय सदस्य रविन कोइरालाले बताए ।

‘पार्टीको नीति र सिद्धान्त विपरीत गतिविधिमा संलग्न भएपछि निष्कासन गर्न सिफारिस गरेका छौं’ कोइरालाले भने, ‘अब पार्टी केन्द्रले त्यो प्रक्रिया पूरा गर्नेछ ।’

प्रसाईंले १ फागुनमा पूर्वराजा ज्ञानेन्द्र शाहलाई सहभागी गराएर झापामा कार्यक्रम गरेका थिए । ‘ज्ञानेन्द्र शाहलाई झापामै ल्याएर कार्यक्रम गरेपछि पार्टीबाट निस्काशन गर्ने निर्णय गर्नु परेको हो’, केन्द्रीय सदस्य कोइरालाले भने ।

शुक्रबार बसेको प्रदेश कमिटीले प्रसाइलाई निष्कासनको सिफारिस गरेको उनले बताए । प्रदेश कमिटीको यस्तो निर्णयपछि प्रसाईंले एमालेबाट राजीनामा दिने घोषणा गरेका छन् ।

आइतबार झापामा पत्रकारहरुसँग प्रसाईंले काठमाडौं गएर राजीनामा बुझाउने बताएका छन् । प्रसाईंलाई गत वर्ष २६ मंसिरमा एमाले अध्यक्ष केपी शर्मा ओलीले केन्द्रीय सदस्य मनोनीत गरेका थिए ।

उनलाई एमालेले उद्योग, वाणिज्य तथा आपूर्ति विभागको सहइन्चार्जको जिम्मेवारी दिएको थियो । यो विभागको इन्चार्ज मोती दुगड छन् ।

यो पनि पढ्नुहोस् :
काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमका प्रमुख बलर सन्दीप लामिछाने यतिबेला उत्कृष्ट लयमा देखिएका छन् । विश्वकप लिग-२ अन्तर्गत घरेलु मैदानमा जारी त्रिदेशीय एकदिवशीय अन्तर्राष्ट्रिय क्रिकेट शृंखलामा तीन खेल खेल्दै उनले ९ विकेट लिइसके । मैदानबाहिर उत्पन्न गरिएको कोलाहलको प्रभाव उनले आफ्नो खेलमा पर्न दिएका छैनन् ।

हिजोको खेलमा नामिबियाविरुद्ध तीन विकेट लिएसँगै एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा सन्दीपको विकेट संख्या ७८ पुगेको छ । उनी विकेटको शतक पूरा गर्नबाट अब २२ विकेटले पछाडि छन् । अबका बढीमा १० खेलमा २२ विकेट लिएमा सन्दीपले एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा विश्व कीर्तिमान बनाउनेछन् । उनी सबैभन्दा कम खेलमा सय विकेट पूरा गर्ने बलर बन्नेछन् ।

अहिले एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा सबैभन्दा कम खेलमा सय विकेट लिने बलरको कीर्तिमान अफगानिस्तानका रसिद खानको नाममा रहेको छ । उनले ४४ खेलमा विकेटको शतक पुरा गरेका थिए । रसिदको कीर्तिमान तोडेर विश्वकीर्तिमान राख्दै क्रिकेट दुनियामा नेपालको नाम चम्काउने अवसर सन्दीपसँग छ ।

सन्दीप एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा सबैभन्दा कम खेलमा ५० विकेट पूरा गर्ने खेलाडीको सूचीमा दोस्रो स्थानमा छन् । उनले केवल २२ खेलमा ५० विकेट पूरा गरेका हुन् । श्रीलंकाका अजन्था मेन्डिसको नाममा १९ खेलमा ५० विकेट पूरा गरेको विश्व कीर्तिमान रहेको छ ।