चर्चित गायिका तथा डाक्टर त्रिशाला गुरुङले प्रेमी रोहित शाक्यसँग गरिन धुमधामसंग विवाह

काठमाडौं । गायिका डा. त्रिशला गुरुङले अन्तत उनै प्रेमी भनिएका संगीतकार रोहित शाक्यसँग विबाह गरेकी छिन् । कुनै समय शाक्यलाई उनका प्रेमी भनेर समाचारमा छाउँदा आपत्ति जनाएकी त्रिशलाले अन्तत बिहिबार उनैसँग लगनगाँठो कसेकी हुन् ।

यी दुई पछिल्ला केही दिनदेखि सम्बन्धमा रहेको धेरैले अड्कलबाजी गर्दै आएका थिए । मिडियाले त्रिशालालाई रोहितसँगको प्रेम सम्बन्धबारे प्रश्न सोध्दा समेत आफूहरु साथी मात्रै रहेको बताउने गर्थिन् । रोहितको इन्स्टाग्राम स्टोरीमा विवाहका केही भिडियो र तस्बिर ट्याग गरेका छन् ।

संगीतकार रोहित उनै हुन्, जसलाई त्रिशलाको प्रेमी भनेर सञ्चारमाध्यमले सार्वजनिक गर्दा घरपरिवारबाट त्रिशलाले धेरै गाली समेत खाएकी थिइन् ।धेरै गाली खाएका कारण प्रेमीलाई मिडिायबाट टाढै राखेकी उनले राजधानीमा आयोजित एक पत्रकार सम्मेलन नै गरेर समाचारप्रतिआपत्ति जनाउँदै देखाएको प्रतिक्रिया घरपरिवारबाट बच्नका लागि भन्ने अहिले आएर खुलेको छ ।

सो सम्मेलनमा उनले आफ्नोबारे आएका सबै समाचारहरु झूटो भएको र यस्ता अनावश्यक समाचारहरुले घरपरिवारमा पनि समस्या निम्त्याएको बताउँदै परिवारलाई खुशी पार्न खोजेकी थिइन्