पवन खतिवडा भन्छन : मलाई बलिको बोका बनाईयो, म घटना घटेको स्थानमा भएको कारण प्रहरीले अनुसन्धान गर्न लागेको हो

काठमाडौं । कलाकार पवन खतिवडा ‘म्याकुरी’ ले आफू पक्राउ परेको विषयमा विभिन्न सञ्चारमाध्यममा आएको समाचारप्रति खण्डन गरेका छन् । उनले लेखेका छन्, उनले लेखेका छन्, ‘मैले जाड खाएर झगडा गरेर कस्को टाउको फुटाए रे ?? कस्ले दियो प्रमाण ? म घटना भाको स्थानमा भएको कारण प्रहरीले अनुसन्धान गर्न लागेको हो।

उनीहरु साथी साथी झगडा गरेका हुन।। के हो पत्रकारिता ??’ सोध्दै नसोधी जे मन लाग्छ त्यहिँ लेखिदिने भन्दै उनले प्रश्न पनि गरेका छन् । उनले भनेका छन्, ‘नसोधी जे मन लाग्छ त्यही लेखिदिने ?? यो समाचारको आधार के हो ??’ साथै, आफूलै जीवनमा कसैसँग अंगभंग हुने गरि झगडा नगरेको पनि बताएका छन् ।

उनले लेखेका छन्, ‘मैले जिवनमा झगडा गरेर अङ्गभङ्ग हुने गरि कसैमाथी हमला गरेको छैन।। झगडा बाट टाढै भाग्ने मान्छे लाई यस्तो अधारहिन समाचार राखेर बदनाम गर्ने ?? टाउको फुटाउने र फुटाइखाने दुबै मिलि सके अनि बिचमा परेको म चै बलिको बोका ??’