पूजा शर्मा भन्छिन् – पल शाह मेरा लागि शाहरुख खान, पलको अभावले चलचित्र क्षेत्र नै खल्लो

काठमाडौं । अभिनेता पल शाह आफ्ना लागि बलिउड अभिनेता शाहरुख खानजस्तै भएको नायिक पूजा शर्माले बताएकी छन्

शुक्रबार काठमाडौंमा एक कार्यक्रमबीच फिल्मको विशेष शोका क्रममा सञ्चारकर्मीहरूसँग कुरा गर्दै शर्माले यस्तो बताएकी हुन् ।उनले पललाई देख्दा शाहरुख नै देखेको जस्तो लाग्ने बताइन् । उनले अभिनेता शाहको अभावले आफूलाई चलचित्र क्षेत्र नै खल्लो लागेको बताइन् पल शाहलाई सबैसँग मिल्ने ‘आलु’ को रूपमा चित्रित गर्दै पल सहज र सरल व्यक्ति भएको उनले बताइन्। पल शाहमा कलाकारमा हुनुपर्ने सबै गुण भएका व्यक्ति रहेको उनको भनाइ थियो।