खेतमा दिसा गरेको भन्दै ‘कुटपिट’ गर्दा महिलाको मृत्यु

रौतहट : जिल्लाको मौलापुर नगरपालिका–९ सोनरनियामा खेतमा दि-शा गरेको निहुमा झ-डप हुँदा एक महिला को मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीय पनिलाल यादवकी श्रीमती ४० वर्षीया सुगन्धी देवी रहेको ईलाका प्रहरी कार्यालय गरुडाका प्रमुख डिएसपी छेदिलाल कामतिले बताए । कुटपिटबाट गम्भिर घाइते भएकी सुगन्धिलाई उपचारको लागि बिरगञ्ज लैजानेक्रममा बाटोमै मृत्यु

घरबाट खेतमा जाने बाटोमा दिशा गरेको भन्दै स्थानीय भोला यादव र पनिलाल यादवको परिवारबीच बुधबार साँझ झडप भएको थियो । खुटामा दिशा लागेको आक्रोशमा भोला यादव पनिलाल यादवको घरमा गएर उसको श्रीमती सुगन्धि देवीलाई बाँसको भाठाँटाले निर्घात कुटपिट गरेको प्रत्येक्षदर्शीले बताए ।

यादवको कुटपिटबाट गम्भिर घाइते भएकी सुगन्धिलाई उपचारको लागि बिरगञ्ज लैजानेक्रममा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ। घटना लगत्तै ईलाका प्रहरी कार्यालय मौलापुरबाट ईन्स्पेक्टर नन्दकिशोर चौहानको नेतृत्वमा गएको टोलीले भोला यादव परिवारलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

मुख्य आरोपी भोला यादव भने घटनालगतै फरार भएका थिए। पक्राउ परेका तीनै जना ईलाका प्रहरी कार्यालय गरुडाको नियन्त्रणमा रहेको, फरार भोलाको खोजी भैरहेको प्रहरीले जनाएको छ । रौतहटका १८ वटै स्थानीय तहलाई केही बर्ष अघि नै खुल्ला दिशामुक्त घोषणा भए पनि हालसम्म कयौं घरमा शौचालय छैन ।