शृखलासँग ब्रेकअपको हल्ला चलेपछि सिसन भन्छन, ‘मेरो जीवनको त्यो अध्याय सकियो, पाना पल्टाउनुहोस्’

काठमाडौँ । पूर्व मिस नेपाल शृखला खतिवडासँग लामो समयदेखि नाम जोडिएका पात्र हुन् चर्चित भ्लगर सिसन बानियाँ । शान्त स्वभाव र कम बोल्ने बानीका सिसनको पूर्व मिस नेपाल शृखलासँगको ब्रेकअपको हल्लाले सामाजिक संजाल तातेका बेला उनले घुमाउरो शैलीमा आफ्नो जीवनको त्यो अध्याय सकिएको भन्दै ब्रेकअपको संकेत पनि गरेका छन् ।

सिसन बानियाँले आफ्नो पुरानो सम्बन्धबारे चासो नदिन सबैलाई आग्रह गर्दै लेखेका छन् ‘मानिसको विकास हुन्छ, परिवर्तन अपरिहार्य छ । यो असाध्यै साधारण कुरा हो ।’

उनले आँफु पछिल्लो सम्बन्धमा रहेको व्यक्तिप्रति कुनै रिस, घृणा नरहेको र जोसँग भए पनि सफलता, खुसी र मुख्यतः शान्तिको चाहना गर्ने व्यक्ति भएका कारण आँफुले पुराना कुराहरु भुलिसकेको र अब नयाँ तरिकाले अघि बढिसकेको उल्लेख गरेका छन् ।

मैले निकै राम्रो समय बिताएँ । त्यो मेरो आफ्नो करियरका लागि छुट्टीको समय जस्तो थियो । यसका धेरै मिठा सम्झना छन् ।’ इस्टाग्राममा लामो स्टाटस लेखेका उनले अन्तिममा भनेका छन् ‘मेरो जीवनको त्यो अध्याय सकियो । पाना पल्टाउनुहोस् ।’