पाँच वर्षपछि भेटियो श्रीमतीले हत्या गरेर शौचालयको खाडलमा पुरेको श्रीमानको शव

जाजरकोटमा श्रीमतीले हत्या गरी फालेको श्रीमानको शव पाँच वर्षपछि भेटिएको छ।

जिल्ला प्रहरी कार्यालय जाजरकोटबाट खटिएको टोलीले मंगलबार शौचालयको खाडलमा शव फेला पारेको हो।

कर्णाली प्रदेश प्रहरी कार्यालयका अनुसार जाजरकोटको भेरी नगरपालिका–६ सिस्नेका काले कामीलाई श्रीमती भद्रकला कामीले हत्या गरेको खुलेको हो।

२०७४ पुस ३० गते राती भद्रकलाले आफ्ना श्रीमानलाई निधारमा लाठीले हानेर हत्या गरेको खुलेको प्रदेश प्रहरी कार्यालयले जनाएको छ।

हत्यामा उनका छोराहरू तुल्सीराम विक र गोविन्द विक पनि संलग्न रहेको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ।

काले कामीको मृत्यु भएपछि भद्रकला र छोराहरूले सल्लाह गरी घर नजिकैको शौचालयको खाडलमा पुरेका थिए।

यही माघ १७ गते यो विषयमा प्रहरीलाई गोप्य सूचना प्राप्त भएको जिल्ला प्रहरी कार्यालय जाजरकोटले जनाएको छ। सूचनापछि जिल्लाबाट अनुसन्धान अधिकृतसहितको प्रहरी टोली घटनास्थल पुगेर शौचालयको खाडल खनेको थियो।

खाडलमा पूरै दाँतसहितको प्रहरीले खप्पर, प्लाष्टिकको डोरीले बाँधिएको ज्याकेट, पाइन्ट र ती कपडाभित्र मानव हड्डी भेटिएको थियो।

घटनाको बारेमा आवश्यक थप अनुसन्धानका भद्रकला, तुल्सीराम विकलाई पक्राउ गरी जिल्ला प्रहरी कार्यालय जाजरकोटमा ल्याइएको छ।

यो पनि पढ्नुहोस् :
काठमाडौँ । नागरिकता प्रकरणमा मुछिएपछि उपप्रधान एवम् गृहमन्त्रीसहित प्रतिनिधि सभा सदस्य पद गुमाएका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने पुनः मन्त्री बन्ने कसरतमा छन् । त्यसका लागि लामिछानेले प्रधानमन्त्री प्रचण्डदेखि एमाले अध्यक्ष केपी शर्मा ओलीलाई भेटेर दबाब बढाइरहेका छन् ।

लामिछानेको निष्क्रिय नागरिकताले आइतबारबाट मान्यता पाएपछि उनले सोही दिनबाट आफूलाई फेरि उपप्रधान तथा गृहमन्त्री बनाउनुपर्ने भन्दै दौडधुप बढाएका हुन् । मंगलबार प्रधानमन्त्री प्रचण्डलाई भेटेर लामिछानेले आफूलाई सरकारको पूर्ववत जिम्मेवारी नदिए सरकारलाई दिएको समर्थन फिर्ता लिने चेतावनी नै दिएका छन् ।

स्रोतका अनुसार लामिछानेको नागरिकता विवाद सुल्झिए पनि राहदानीबारे विवाद कायमै रहेकाले प्रधानमन्त्री प्रचण्ड उनलाई पुन उपप्रधान तथा गृहमन्त्री बनाउने पक्षमा छैनन् । सत्ता साझेदार दल एमाले भने रवि लामिछानेलाई उपप्रधान तथा गृहमन्त्रीमा पुनरवहाली गर्नुपर्ने पक्षमा उभिएको छ ।

एमालेका केन्द्रीय सदस्य एवं विदेश विभाग उपप्रमुख विष्णु रिजालले पुस १० गते भएको सहमति अनुसार भागबन्डामा जुन दलले जे पाएका छन् त्यो कायम रहनुपर्ने बताए । उनले रातोपाटीसँग भने, ‘रविजीको सन्दर्भमा एउटा कुनै घटना भए पनि गठबन्धन दलमा जे सहमति भएको छ त्यो अनुसार उहाँले उपप्रधान तथा गृहमन्त्री पाउनुपर्छ । यदि सहमति अनुसार पाएन भने गठबन्धनमा असर पर्न सक्छ ।’

रास्वपाकाे समर्थन फिर्ताबारे प्रचण्डले भने–सहकार्य नटुटोस् भन्ने छ !
रास्वपाकाे समर्थन फिर्ताबारे प्रचण्डले भने–सहकार्य नटुटोस् भन्ने छ !
रविले प्रधानमन्त्री प्रचण्डलाई तीनदेखि लगातार भेटिरहेका छन् । तर रविलाई उपप्रधान तथा गृहमन्त्री दिने नदिने विषयमा प्रचण्डले ठोस जवाफ दिइसकेका छैनन् । प्रधानमन्त्री प्रचण्डबाट सकारात्मक प्रतिक्रिया नपाएपछि राष्ट्रिय स्वतन्त्र पार्टीले आन्तरिक छलफल पनि गरिरहेको छ । त्यो छलफल सरकारमा बस्ने कि नबस्ने भन्ने विषयमा केन्द्रित रहेको रास्वपाका नेताहरूको भनाइ छ ।

अव प्रश्न उठ्छ–यदि रवि नेतृत्वको पार्टीले सरकारलाई दिएको समर्थन फिर्ता लिए के हुन्छ ? माओवादी केन्द्रका पोलिटब्युरो सदस्य एवं सांसद राजन दाहाल रवि नेतृत्वको पार्टीले सरकारलाई दिएको समर्थन फिर्ता लिएपनि केही फरक नपर्ने बताउँछन् । दाहालले भने, ‘राष्ट्रिय स्वतन्त्र पार्टीले समर्थन फिर्ता लिएपनि केही फरक पर्नेछैन तर गठबन्धनमा भएको सहमति अनुसार सो पार्टीले समर्थन फिर्ता लिँदैन भन्ने मेरो बुझाई हो ।’ नैतिकताको हिसाबले रवि लामिछाने उपप्रधान तथा गृहमन्त्रीमा पुन जान नहुने बताउँदै उनले नागरिकता समस्या समाधान भए पनि उनीमाथि अन्य अभियोगहरू बाँकी नै छन् । दाहालले लामिछाने सांसद समेत नरहेको अवस्थामा सरकारमा जान्छु भन्नु नै गलत भएको बताए ।

अहिलेकै अवस्थामा लामिछाने आफैलाई सरकारमा लैजाँदा गलत नजिर बस्ने भएकाले पनि त्यसो गर्न नहुने माओवादीभित्र दबाब छ । यदि राष्ट्रिय स्वतन्त्र पार्टीले रविबाहेक अरू कसैलाई सरकारमा पठाएको खण्डमा उपप्रधान तथा गृहमन्त्री दिनुपर्ने दाहालको भनाइ छ ।

रवि नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीसँग २० जना सांसद छन् । यो सांसद संख्याका आधारमा रविको पार्टीले सरकारबाट समर्थन फिर्ता लिए पनि प्रचण्ड नेतृत्वको सरकारलाई केही असर पर्ने छैन ।

प्रतिनिधि सभामा २७५ जना सांसद छन् । सरकार बनाउन १३८ जना सांसद भए हुने भएपनि १६९ जना सांसदको समर्थनमा प्रचण्ड प्रधानमन्त्री नियुक्त भएका हुन् । यो हिसाबमा रवि सरकारबाट बाहिरिए पनि प्रचण्डसँग १४९ जना सांसदको समर्थन कायम नै रहनेछ । एमालेको ७८, माओवादी केन्द्रका ३२, राष्ट्रिय प्रजातन्त्र पार्टीका १४, जसपाका १२, जनमत पार्टीका ६, नागरिक उन्मुक्ति पार्टीका ४ र स्वतन्त्रका ३ जना सांसदको साथ प्रचण्डलाई कायम रहने छ ।