विबाहको तयारीमा रहेको भनिएकी मलाइकालाई अर्जुनले त्यस्तो के सन्देश पठाए ?

अभिनेत्री मलाइका अरोराले दोस्रो विबाह अर्जुन अपुरसँगै गर्न के गर्लिन् ? उनले विबाह गर्लिन् की यसरी नै अघि बढ्लीन् भन्ने प्रश्न भारतीय मिडियाहरुले निरन्तर गरिरहेका छन् ।

एक जवान छोराकी आमाले आँफु भन्दा कान्छा हिरोसँग आफ्नो महत्वपूर्ण समय बिताउँदै रमाइलो भने गरिरहेकी छिन् । हालै मलाइका गोवाको एउटा क्याफेमा बहिनी अमृतासँग बसिरहेकी थिइन् । मलाइकाको हीराको ब्रेसलेट देखेर अमृताले आमा जोयसको ब्रेसलेट सम्झिन् । मलाइकाले भनिन्, ‘मैले बिर्सेको थिएँ, तर तिमीले मेरो याद ताजा गरिदियौ ।

केही बेरमा अमृताले भनिन् कि आमाले भर्खरै एउटा समारोहमा ब्रेसलेट लगाएकी थिइन् र उनले मलाई त्यो ब्रेसलेट आफ्नी मनपर्ने छोरी अर्थात् अमृतालाई दिने बताएकी थिइन्।

मलाइकाले अमृताको कुरामा केही भनिन तर बहिनीसँग रिसाएको उनको अनुहारबाट प्रष्ट देखिन्थ्यो । मलाइकाको अनुहार देखेर अमृताले बुझिन् । उसले तुरुन्तै सोधिन् – तिमीलाई त्यो ब्रेसलेट चाहियो रु हामी शेयर गर्न सक्छौं, तर यो मलाई मात्र आउँछ। मलाइकाले जवाफ दिइन्, ‘तिमीले राख्छौ । धन्यवाद।

अम्मु तिमी उसको मन पर्ने छोरी हौ। यसमा अमृताले भनिन्, ‘तिमीले कुरालाई त्यति गम्भीरतापूर्वक लिनुपर्दैन । मलाइकाले भनिन् कि म कतिपय कुरामा निकै टच छु । हामी मध्ये जो दोस्रो पटक बिहे गर्छौ म हुँ, तिमी होइन । त्यसैले मलाई लाग्छ कि मैले यो ब्रेसलेट लिनुपर्छ।

तिमी हैन तिमी त केवल आमाको चम्ची हौ र यस्तै रहने छौ। मलाइका अरोरा अहिले अर्जुन कपुरलाई डेट गरिरहेकी छिन् भन्ने कुरा हामी सबैलाई थाहा छ । मलाइकाको वेब शोका लागि अर्जुनले उनलाई एक भिडियो सन्देश पठाएका थिए, जसमा उनी अभिनेत्रीलाई सपोर्ट गर्दै देखिएका थिए ।