पोखरामा एक युवकले गरे आत्मदाहको प्रयास, बचाउन खोज्दा घरबेटी पनि घाइते

पोखरा । पोखरामा एक युवकले आत्मदहको प्रयास गरेका छन् । काठमाडौंमा केही दिनअघि एक युवकले आत्मदह गरेको घटना सेलाउन नपाउँदै पोखरा महानगरपालिका-१३ काहुँखोला बस्दै आएका एकजनाले आइतबार आत्मदाहको प्रयास गरेका हुन् ।

कास्कीको मादी गाउँपालिका ४५ वर्षीय युवकले आफ्नै शरीरमा पेट्रोल छर्केर आत्मदाहको प्रयास गरेका हुन् । डेरामा बस्दै आएका उनले बाथरुममा छिरेर पेट्रोल छर्केर आत्मदाहको प्रयास गरेका हुन् । उनलाई बचाउने क्रममा घरबेटीसमेत घाइते भएको वडा नम्बर १३ का वडाध्यक्ष किरण बरालले जानकारी दिए ।

घाइते दुवैजनाको अहिले पश्चिमाञ्चल स्वास्थ्य विज्ञान प्रतिष्ठानको आईसीयू कक्षमा उपचार भइरहेको वडाध्यक्ष बरालले बताए ।

यो पनि पढ्नुहोस् :
काठमाडौं, १५ माघ । सर्वोच्च आदालतले नागरिकता पुन:प्राप्ति गरेको भन्दै सांसद् पद नै खारेजी गरिदिएका रबि लामिछाने नेपाली नागरिकता पाएका छन्।

उनले जिल्ला प्रशासन कार्यालय काठमाडौं पुगेर पुन: नागरिकता लिएका हुन्।लामिछानेको शुक्रबार सर्वोच्चले पुन: नेपाली नागरिकता नलिएको भन्दै उनको गृहमन्त्रीलगायत सांसद् पद नै खारेज गरेको थियो।

२३ वर्षपछि बस्तीमा धारा वितरण
भक्तपुर, १५ माघ (रासस) ः
मध्यपुरथिमि नगरपालिकाभित्रको कमेरोटारमा ‘कमेरोटार जग्गा एकीकरण आयोजना’ सुरू भएको २३ वर्षपछि आयोजनाभित्रका बासिन्दालाई खानेपानीका धारा वितरण सुरु गरिएको छ ।

काठमाडौँ उपत्यका विकास प्राधिकरणले तत्कालीन समयमा दुई वर्षमा सम्पन्न गर्ने लक्ष्य लिएर आर्थिक वर्ष २०५८÷५९ बाट सुरू गरेको काममा विभिन्न कारणले ढिलाइ हुँदा आयोजनाले पटकपटक म्याद थप गर्दै प्लट जग्गा बिक्री गर्दै आएको छ ।

कमेरोटार जग्गा एकीकरण आयोजना क्षेत्रभित्र रहेका करिब दुई हजार एक सय धारामा पानी वितरण सुरु गरिएको हो । नगरपालिकाको विशेष पहलमा आयोजना र काठमाडौँ उपत्यका खानेपानी लिमिटेड थिमि शाखाले संयुक्तरुपमा कमेरोटार क्षेत्रमा खानेपानी वितरण सुरु गरेको नगर प्रमुख एवं आयोजना व्यवस्थापन उपसमितिका अध्यक्ष सुरेन्द्र श्रेष्ठले जानकारी दिनुभयो ।

खानेपानीको चरम अभाव रहेको एक हजार चार सय ८६ रोपनी क्षेत्रभित्र सञ्चालित आयोजनाभित्र करिब दुई हजार दुई सय कित्ताका घरका धारामा खानेपानीको लाइन जडानको काम सम्पन्न गरेर पानी वितरण सुरु गरिएको र पानीका लागि सबैलाई आवेदन दिन आह्वान गरिएको आयोजना प्रमुख ई सत्यनारायण शाहले जानकारी दिनुभयो । उहाँले यस क्षेत्रमा अन्तिमसम्ममा करिब तीन हजार धारा वितरण गर्ने लक्ष्य राखेको बताउनुभयो ।

आयोजनाले यसअघि नै घर तथा घर निर्माण नभएका प्लटमा समेत खानेपानीका धाराको पाइपलाइन विस्तार गरिसकेको छ । आयोजनाभित्र पछि निर्माण हुने घरमा धाराको पाइप राख्नकै लागि सडक खन्न नपर्ने गरी खाली जग्गामा पाइप पु¥याइएको उहाँले जानकारी दिनुभयो ।

उहाँले नगरपालिकाले आयोजनाभित्र १४ लाख लिटर क्षमताको पानी ट्याङ्की निर्माण सुरु गरेको बताउनुभयो । नगर प्रमुख श्रेष्ठले भन्नुभयो, “नगरपालिकाको आफ्नै करिब रु एक करोडको लागतमा आगामी वैशाखसम्ममा निर्माण सम्पन्न गर्नेगरी पानी ट्याङ्की निर्माण सुरु गरेका छौँ, मध्यपुरथिमिभित्रका पानीको स्रोत परिचालन गरी पानी अभाव हुन नदिने व्यवस्था गर्न आयोजनाले ध्यान दिनेछ ।”

उहाँले ट्याङ्की निर्माण सम्पन्न गरी आयोजनाका बासिन्दाकै लागि डिप बोरिङ गरी पानीको स्रोत व्यवस्थापन गर्ने योजना अगाडि सारेको जानकारी दिनुभयो । उहाँले आयोजना क्षेत्रभित्रको सडक कालोपत्र, ढल व्यवस्थापन र खानेपानीको विस्तारका लागि ठेक्का लिएका निर्माण कम्पनीले यही महिना बाँकी काम नगरे ठेक्का रद्द गरी धरौटी जफत गर्ने जानकारी दिनुभयोे ।

खानेपानी वितरण सुरु भएकामा खुसी व्यक्त गर्दै आयोजनाभित्रका बासिन्दा पुरुषोत्तम कार्कीले खानेपानीको चरम अभाव भएको यस क्षेत्रमा सबैलाई समान रुपमा पानीको उपभोग गर्ने गरी वितरण गर्नुपर्ने बताउनुभयो । उहाँले यहाँभित्रका सबै विवाद सल्टाएर छिटोभन्दा छिटो आयोजना सम्पन्न गर्न माग गर्नुपर्ने बताउनुभयो ।