सन्दिपको यो गल्तीले गर्दा सन्दिपलाई फेरी जेल हाल्ने तयारी

सन्दीप लामिछानेलाई धरौटीमा छाड्ने आदेशविरुद्ध सरकारी पक्ष सर्वोच्च अदालत जाने भएको छ। ज’ बरज’ स्ती क’ रणी अभियोग लागेका क्रिकेटर लामिछानेलाई काठमाडौँ जिल्ला अदालतले पुर्पक्ष थुनामा राख्न दिएको आदेश बदर गर्दै पुस २८ गते उच्च अदालत पाटनले २० लाख धरौटीमा रिहा गरेको थियो।

उक्त आदेश बेरीतको भएको भन्दै सरकारी पक्षले सर्वोच्चमा निवेदन दिने तयारी गरेको महान्यायाधीवक्ता कार्यालयले जानकारी दियो। सर्वोच्चमा निवेदन दिनका लागि उच्च सरकारी वकिलको कार्यालयले आवश्यक कागजात महान्यायाधीवक्ता कार्यालयमा पेश गरेको छ। सन्दीपलाई कडा पाँच वटा सर्त राख्दै उच्चले धरौटीमा रिहा गरेको थियो।

यो पनि – मोहम्मद आदिल आलामलाई नेपाली राष्ट्रिय टिममा देखिएको धेरै भएको छैन। १९ वर्षीय आदिलका लागि राष्ट्रिय टिमको ढोका खुलेको केवल ७ महिना मात्रै भएको छ। तर आफ्नो करिअरको सुरुवातमानै आदिल लामो यात्रा तय गर्ने आकलन गरिएको थियो। तर, किशोर आदिल ‘स्पट फिक्सिङ’मा पक्राउ परेसँगै करिअर राम्रो सुरुवात नहुँदै अन्त्य हुने जोखिम बढेको छ।

यदि उनी दोषी ठहर भएमा कानुनी कारबाही त हुन्छ नै साथमा युवा अवस्थामानै क्रिकेट करिअरको समेत अन्त्य हुने सम्भावना रहनेछ। नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले सोमबार ‘स्पट फिक्सिङ’मा संलग्न रहेको आरोपमा युवा अलराउन्डर मोहम्मद आदिल आलमलाई पक्राउ गरेसँगै युवा खेलाडी आदिलको करिअर ‘प्रलोभन’ को लोभले अनिश्चित बनेको हो।

आदिल नेपाल टी–२० लिगमा जनकपुर रोयल्सबाट खेलेका थिए। आदिलले उक्त प्रतियोगितामा कुल ४३ रन बनाउँदा ४ विकेट लिएका थिए। सिआईबीले दुई साता लामो अनुसन्धानपछि आदिललाई मेहबुब आलमसँगै पक्राउ गरेको थियो। आदिललाई नेपाली क्रिकेटमा ‘डेब्यू’ खेलमै नेपालका लागि राम्रो ‘फिनिसरुको अभाव टार्ने खेलाडीको रुपमा हेरिएको थियो।

तर उनले लामो अन्तराष्ट्रिय करिअर बेगरनै गम्भीर अपराधको भागिदार बन्ने सम्भावना बढेको छ। आदिलले सन् २०२२ मा भएको आईसीसी विश्वकप क्रिकेट लिग–२ का क्रममा अमेरिका भ्रमणमा रहँदा नेपाली टिमबाट ‘डेब्यु’ गरेका थिए। उनले अमेरिका विरुद्धको भ्रमण बराबरी गराउँदै अङ्क खोस्दा निर्णायक ओभर बलिङ गरेका थिए।

जहाँ उनले अमेरिकालाई ६ रन चाहिएको अवस्थामा पाँच रन मात्र दिएर खेल बराबरी गरेका थिए। हारनजिक रहेको नेपाललाई एक अंक दिलाएका आदिल सबैको नजरमा परेका थिए। आदिलले अमेरिकाविरुद्धको यो खेलबाट एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा डेब्यु गरे।