यती विमान दुर्घटनाः प्रेमिकासँग पुनर्मिलनको पर्खाइमा थिए मारिएका अस्ट्रेलियाली शिक्षक

एजेन्सी । माघ १ गते पोखराको सेती खोंचमा भएको यती एयरलाइन्सको विमान दुर्घटनामा ज्यान गुमाएका अस्ट्रेलियाका एक शिक्षकको मार्मिक कथा छ ।

माइरन लभ नामक ती शिक्षकको आफ्नी प्रेमिका आनाबेलसँग पुनर्मिलन हुन लागेको थियो । तर २९ वर्षीय लभले दुर्घटनामा परी अकालमै ज्यान गुमाउनुप¥यो ।

विमान दुर्घटनामा परेका मानिसको आफन्तलाई सहयोग गर्नका लागि गोफन्डमी पेजमा पैसा उठाइँदैछ । त्यसमा लभको कथा समावेश छ ।

‘माइन हाइकिङ र ट्रेलमा जान खोज्दै थिए । उनी केही हप्तादेखि थाइल्यान्डमा साथीहरूसँग साइक्लिङ गरिरहेका थिए । काठमाडौंमा उनले एक योग शिविरमा भाग लिएका थिए । उनी आफ्नी प्रेमिका आनाबेलसँग ओमानको राजधानी मस्कटमा पुनर्मिलन गर्न खोज्दैथिए,’ गोफन्डमीको पेजमा उल्लेख गरिएको छ ।

‘सन् २०२३ मा माइरन र आनाबेलले संसारभरि घुम्ने र सँगै बस्ने योजना बनाएका थिए,’ पेजमा थप उल्लेख छ । लभ अत्यन्तै ऊर्जाशील शिक्षक भएको र उनका सहकर्मी तथा विद्यार्थीहरूले उनलाई मन पराउने पनि पेजमा लेखिएको छ ।

शनिवार मात्र उक्त पेज बनाइएको हो र त्यसमा ५० हजार डलरभन्दा बढी रकम उठिसकेको छ ।