गायिका समीक्षा अधिकारी भन्छिन – ‘सकेको सहयोग गर्नुस्, शान्ति यसैमा छ’!

काठमाडौं । गायिका समीक्षा अधिकारीले असाहायहरुलाई फलफुल वितरण गर्दै शान्ति यसैमा मिलेको बताएकी छन् । सेवा नै धर्म भएको भन्दै उनले आफूले सहयोग गरेको भिडियो सामाजिक संजालमा शेयर गरेकी छन् । र, सके अरुलाई सहयोग गरेर शान्ति प्राप्त गर्न आग्रह पनि गरेकी छन् ।‘सेवा नै धर्म हो ।

असहायलाई सकेको सहयोग गर्नुस्,’ उनले भनेकी छन् ‘शान्ति यसैमा छ।’ सामाजिक संजालमा विभिन्न गाली र आरोप खेप्ने गरेकी गायिका अधिकारीले अरुलाई सहयोग गर्न नसके घृणा पनि नगर्नु पनि भनेकी छन् ।अरुलाई गाली तथा अपशब्दा प्रयोग गर्दा स्वीकार भएन भने त्यो वचन आफूतिरै फर्किने उनले उल्लेख गरेकी छन् ।

‘सहयोग गर्न सक्नुहुन्न भने घृणा नगर्नुस्, वचन नलगाउनुस् । अरुलाई वचन लगाउँदा, अपशब्द बोल्दा, गाली गर्दा उसले स्वीकार गरेन भने ती सबै शब्द आफैँलाई हो,’ उनले भनेकी छन् ।व्यक्तिगत जिवन आएको उतार चढावका कारण सामाजिक सञ्जालमा नकारात्मक आलोचनाको ओइरो आउन थालेपछि उनी अनलाइनको दुनियाँमा निष्कृय बसेकी थिइन् । तर अहिले सामाजिक सञ्जालमा तथा गायन क्षेत्रमा बिस्तारै फर्किएकी छिन् ।