शंकर क्षेत्री भन्छन, टिकट क्यान्सिल नगरेको भए मेरो पनि अन्तिम दिन हुनेरहेछ

काठमाडौं – पोखरामा भएको दु,र्घटना प्रति दुख व्यक्त गर्दै लोक तथा दोहोरी गायक शकर क्षेत्रीले टिकट रद्ध गर्न लगाएर आफू दु,र्घटना हुनबाट जोगिएको मिडिया मार्फत बताएका छन् । त्यस्तै गायक पशुपति शर्मा र हेमन्त शर्माले पनि टिकट रद्ध गरेकै कारण दु,र्घटनामा नपरेको जानकारी गराएका छन् ।

झोलुङ्गे पुल निर्माण गर्न माग
रसुवा, २ माघ। लाङटाङ जाने पर्यटकीय पदमार्गको झोलुङ्गे पुल जीर्ण भएकाले पुनःनिर्माण गरिदिन स्थानीयवासीले संघीय सरकारसंग माग गरेका छन् ।विसं २०७२ को गोरखा भूकम्पले सो पदमार्ग अन्तर्गत गोसाइँकुण्ड गाउँपालिकास्थित दोमेन खोलाको झोलुङ्गे पुललाई समेत क्षति पु¥याएको थियो । तत्काल आवागमन सञ्चालन गर्न निजी स्तरबाट काठेपुल निर्माण समेत गरिएको थियो । पछिल्लो समय सो काठेपुलसमेत जीर्ण भइसकेका स्थानीयवासीले जनाएका छन् ।

हिमाली पदयात्राको लागि हजाराँै पर्यटक लाङटाङ जाने गर्दछन् । स्थानीयवासीले थाङसेप माथि छार्तिङ खोलामा समेत झोलुङ्गे पुल निर्माण गरिदिन माग गरिएका छन् । सो स्थानमा भूकम्पको असरले हिमपहिरो आउँदा सोे झोलुङ्गे पुल बगाइ पर्यटक आवागमनमा असर परेको जनाइएको छ।

स्याफ्रुबेँसीदेखि खोलाको तिरैतीर लाङटाङ जाने १८ किलोमिटर पदमार्गअन्तर्गतका भागमा पर्ने झोलुङ्गे पुल निर्माणको साथसाथै पदमार्गसमेत मर्मत एवं पुनःनिर्माण गरिदिन माग गरिएको गोसाइँकुण्ड गाउँपालिका–४ का वडाध्यक्ष डिण्डुप लामा ज्याङ्वाले बताउनुभयो ।

पदमार्ग सहज नहुँदा विशेष गरी वर्षायाममा पदयात्रीको ज्यानसमेत जोखिममा परिरहेको कारण सरोकारवाला निकायले समयमै ध्यान दिन स्थानीयद्वारा आग्रह गरिएको उहाँले बताउनुभयो हो । लाङटाङ जाने बृद्विम तर्फबाट खाम्जिङ, शेर्पागाउँ, रिम्चेतर्फको पुरानो बाटो भए पनि स्याफ्रुबेँसीदेखि खोला तिरतिरैतर्फकै पदमार्ग बढी प्रयोगमा आउने गरेको छ ।