यति एयरलाइन्सको विमान पोखरामा दुर्घटना

पोखरा, काठमाडौं — यति एयरलाइन्सको विमान आइतबार पोखरामा दुर्घटना भएको छ । काठमाडौंबाट पोखराका लागि बिहान उडेको यतिको एटिआर–७२ विमान अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण हुनुअघि नयाँगाउँमा दुर्घटनामा परेको प्रारम्भिक जानकारी आएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी निरीक्षक ज्ञानबहादुर खड्काले बताए ।

उक्त विमान यति एयरलाइन्सका वरिष्ठ क्याप्टेन कमल केसीले उडाएका थिए । ७२ यात्रु क्षमताको एटीआर विमानमा कति यात्रु थिए र कति क्षति भएको छ भन्नेबारे यकिन भइसकेको छैन ।स्थानीयहरूले दुर्घटनास्थलबाट आगो लागिरहेको दृश्य सामाजिक सञ्जालमा सार्वजनिक गरेका छन् ।

अहिले घटनास्थलतर्फ हेलिकोप्टरमा उद्धार टोली जाँदै गरेको छ ।

यो पनि पढ्नुहोस् :

काठमाडौं । गतसाता भारतीय फिल्म निर्माता करण जोहरले महंगो पारिश्रमिक लिने स्टारप्रति लक्षित गर्दै व्यंग्य गरे । उनको यो अभिव्यक्तिभित्र बलिउडको वर्तमान यथार्थ र गुनासो लुकेको छ । करणले भनेका थिए -‘बीस करोड भारु पारिश्रमिक माग्ने तर, ५ करोडको ओपनिङ दिन नसक्ने कलाकारको यो भ्रम रोगजस्तै हो, जसको कुनै खोप छैन ।’

नेपाली फिल्म निर्देशक तथा निर्माता शोभित बस्नेतले पनि शनिबार यस्तै अभिव्यक्ति दिएका छन् जसको आशय बलिउड निर्माता जोहरसँग ठ्याक्कै मिल्छ ।

भन्नुको अर्थ, बलिउड र नेपाली फिल्म साझा समस्याबाट ग्रसित छन् जहाँ स्टार महंगो पारिश्रमिक त लिन्छन् तर, उनीहरुको फिल्मको ओपनिङ निकै कमजोर हुन्छ अर्थात पहिलो सप्ताहन्तको ओपनिङ अकुपेन्सी १० प्रतिशत भन्दा तल हुन्छ ।

बस्नेत लेख्छन् -‘हाम्रा हिरोइनहरु १८ लाख लिन्छन् तर देशभर ८ शो पनि हाउसफुल गर्न सक्दैनन् ।’ उनको यो अभिव्यक्तिको समय र सान्दर्भिकता कता लक्षित छ भन्ने कुरा बुझ्न कठिन छैन । शोभितले यस्तो लेखिरहँदा नेपाली हलहरुमा साम्राज्ञी शाहको ‘तिम्रो मेरो साथ’, प्रियंका र ऋचा शर्माको ‘चि मुसी चि’ र उपासनासिंह ठकुरीको ‘डिसेम्बर फल्स’ प्रदर्शन भैरहेको छ ।

यी सबै फिल्मलाई हलमा दर्शक तान्न पनि सकस भैरहेको छ । यो सन्दर्भमा आएको निर्देशक बस्नेतको अभिव्यक्तिले सामाजिक संजालमा बहस निम्ताएको छ जसलाई अन्य फिल्मकर्मी पनि उत्रिएका छन् ।