गन्हाउने आवाज निकाल्न मलद्वार छँदै छ, मुख र मलद्वारको काम चिन – समीक्षा अधिकारी

काठमाडौं । गायिका समीक्षा अधिकारी पछिल्लो समय आफूमाथि हुने नाकारात्मक आलोचनाको खरो आलोचना गर्दै आएकी छन् । आफ्नो चरित्रमाथि प्रश्न उठाउँदै हुने गरेका आलोचना गर्ने अधिकारी कसैलाई नरहेको पनि उनले बताउँने गरेकी छन् ।

आत्मसम्मानमा चोट पुग्नेगरी सामाजिक सञ्जालमा कमेन्ट गरे कानुनी उपचारको खोजी गर्ने उनले चेतावनी दिने गरेकी छन् । साइबर क्राइम अन्तर्गतको कानुनी उपचार खोज्ने उनले बताएकी बताएकी छन् ।

अरुका कमजोरी नदेख्नेहरूले आफ्ना कमजोरी पहिल्याउने गरेको भन्दै उनले असन्तुष्टि जनाएकी छन् । “मान्छे हजारौँ वर्षदेखिको सामाजिक कमजोरीहरू देख्दैनन्, महिलामाथिको अन्याय र विभेद जान्दैनन् । एउटी नारीको चरित्रमा प्रश्न गर्छन् । आकाशमा उड्ने पन्छीलाई केहीबेरको हुस्सु र तुवाँलोले त्यति ठूलो फरक पार्दैन,” समीक्षा सामाजिक सञ्जालमा लेख्छिन्, “नकारात्मक कमेन्ट जति गर्छौ गर, देशमा साइबर अपराधको कानुन पनि छ ।”

कानुनी उपचार खोज्ने उनको चेतावनीसहितको पोष्टमा समेत गाली गरेपछि समीक्षाले फेरि असन्तुष्टि जनाउँदै आफू नबोलेकै कारण आफू हेपिएको बताएकी छन् ।

“बचनले दिएको घाउको औषधी वचन नै हो । वचनले घर, समाज र संसार बन्छ, वचनले नै युद्ध भड्कन्छ । सबैभन्दा सजिलो छ, मनलागी सस्तो बोल्न र मुख छाड्न । अर्थपूर्ण बोल्न त साधना गर्नुपर्छ । मेरा मित्रहरु ! गन्हाउने आवाज निकाल्न मलद्वार छँदै छ । मुख र मलद्वारको काम चिन ।”