ससुराली जाने हो गीत गाएर टिकटकमा भाईरल भाइको गीत यसरी सुटिङ हुँदै (भिडियो सहित)

सामाजिक संजाल त्यसमा पनि टिकटकले धेरै मान्छेलाई आफ्नो कला प्रस्फुटन गर्ने माध्यम बनिदिएको छ ।

कतिले आफ्नो अभिनय, नृत्य, गायन लगायतका कुरा प्रस्तुत गरी निकै चर्चा कमाएको हामीले देखिसकेका छौ । त्यस्तै पछिल्लो समय टिकटकमा एकदमै भाईरल नाम हो बहार चाम्लिङ राई ।

उदयपुर जिल्ला बेलगा नगरपालिका वडा नम्बर ५ निवासी यी साना भाई पछिल्लो समय आफ्नो गीत गाउने कलाले सामाजिक संजाल टिकटकमा भाईरल भएका छन । एकदमै हसाउन सिपालु मात्र ८ बर्षका यी भाईले गाएको गीत “ससुराली जाने हो। सबैले मन पराईदिएका छन ।

उनको अन्तरबार्ता लिन पत्रकार उनको गाउँमै पुग्दै उनले पत्रकारलाई ने हसाँएरे मुर्च्छा पारीदिएका छन । गीत गाउनदेखि लिएर अरुको हुबहु अभिनय गर्न सिपालु यी भाईलाई मन नपराउने कमै नेपाली होलान । यी साना भाइ दुई घण्टाको बाटो हिडेर स्कुल जाने गर्दा रहेछन ।