खुशिको खबर: सन्दीप रिहा हुने, दोषी हुने प्रमाण कुनै छैन

काठमाण्डौ । सन्दिप लामिछाने प्रकरणमा सबैले आ-आफ्नो बिचार दिएका छन्,फेरी पनि अर्का कानुनि वकिल भन्छन सन्दिप धरौटीमा रिहा हुन्छ, हेर्दै जानुस..दोषी हुने प्रमाण छैन, करणी गरेको हो भने मुख मैथुन गर्दा टोक्नु पर्दैन ? भन्दै जंगीए वकिल,सन्दिप लामिछाने प्रकरणमा आझै ठोस प्रमाण भभेटिएर टुंगो लाग्ने अवस्था अझै दिएखिएको छैन ।

यता हिरासतमा रहेका सन्दीप लामिछानेले प्रहरीसँगको बयानमा आफू निर्दोष रहेको जिकिर गरेका छन् । पीडित भनिएकी किशोरीसँग आफ्नो यौ न स म्बन्ध नभएको उनको भनाइ छ ।

प्रहरील अदालतमा दायर गरेको अभियोगपत्रमा सन्दीपको बयान समावेश गरिएको छ । जसमा उनले आफू जाहेरीकर्ताकै जोडबलमा नगरकोट घुम्न गएको बताएका छन् । साथै फर्किएर काठमाडौं आएपछि पनि निजकै आग्रहमा काठमाडौं इन होटलमा राति बास बसेको पनि उनले दाबी गरेका छन् ।

राति एउटै कोठामा बसेको स्वीकार गरे पनि एउटै बेडमा नसुतेको सन्दीपको बयान छ । किशोरी बेडमा र आफू कुर्सीमा बसेर लामो समय कुराकानी गरेको तथा आफू कुर्सीमै केहीबेर निदाएको उनले बताएका छन् । बिहान उठेर आफूले किशोरीलाई आफ्नै गाडीमा होस्टलसम्म पु¥याइदिएको पनि उनको भनाइ छ ।

‘म धेरै बेर कुर्सीमा बसेको देख्दा निजले मलाई बेडमा आएर बस्नसमेत आग्रह गरेकोमा होइन, म यहीं ठीक छु भन्दै निजको आग्रहलाई अस्वीकार गरी कुर्सीमा बसें र निज बेडमै थिइन् ।

मैले मेरो मोबाइलमा बिहानको ०६ः०० बजे अलार्म लगाइ कुराकानी गर्दागर्दै म कुर्सीमा निदाएँ । बिहान ०६ः०० बजे अलार्म बजेपछि म निद्राबाट बिउँझिएर हेर्दा निज सुतेकी थिइन्, मैले निजलाई उठाएँ’, सन्दीपको भनाइ छ ।