इन्स्टाग्राममा मौनी रोयलाई २५.६ मिलियन मानिसहरूले गरेका छन् फलो

बलिउडकी अभिनेत्री मौनी रोय सामाजिक सञ्जालमा निकै सक्रिय रहन्छिन् । मौनीका कतिपय फ्यानले उनी बिहेपछि निकै हट बनेको पनि बताउने गरेका छन् । धेरै पटक यी अभिनेत्रीले इन्टरनेटको तापक्रम बढाएकी छिन् । अब उनले खिचेका केहि तस्बिरहरुले बोल्डनेसको सिमा पार गरेका छन् ।

मौनीको यो मुस्कान देखेर सन् २०२२ को अन्तिम दिन उनका फ्यानका लागि अविस्मरणीय बन्न सक्छ । यी तस्विरहरूमा मौनीले सुन्तला रंगको छोटो पोशाक लगाएकी छिन्, जसको घाँटी पनि निकै गहिरो छ ।

आफ्नो लुक पूरा गर्न अभिनेत्रीले हातमा क्लच पनि लिएकी थिइन् ।मौनीको डिभिलिंग आउटफिटका कारण उनको क्लिभेज पनि स्पष्ट देखिन्छ ।

यो तस्बिरमा अभिनेत्रीले आफ्नो कपाल एकातिर लगाएकी छिन् भने उनको आँखा लजाएर हल्का झुके जस्तो देखिन्छ । मौनीको यो फोटोशूट देखेर धेरैको श्वास बढ्न सक्छ ।

मौनीलाई यो पहिरनमा राम्रो देखिएको छ । क्लचसँगै मिल्दोजुल्दो स्यान्डलले मौनीको सम्पूर्ण लुकलाई निखारिरहेको छ । सामाजिक मिडिया प्लेटफर्म इन्स्टाग्राममा मौनी रोयलाई २५.६ मिलियन मानिसहरूले फलो गर्छन्।

कमेन्ट सेक्शनमा हेरेर नायिकाको फ्यान फलोइङको पनि अनुमान गर्नुहुनेछ । यो तस्विर मौनीले आफ्नो आधिकारिक इन्स्टाग्राम ह्यान्डलबाट सेयर गरेकी छिन् ।

एक घण्टामै यी तस्बिरलाई एक लाखभन्दा बढीले लाइक गरेका छन् । मौनी रोयको यो लुक उनका फ्यानहरुको दिन उज्यालो बनाउन पर्याप्त छ ।