बोल्न नजानेपछि फेरी चिप्लिइन् नायिका आँचल शर्मा

काठमाडौँ । नायिका आँचल शर्मा पछिल्लो पुस्ताकी बढी रुचाइएकी कलाकार हुन् । तर बेला बेलामा यी सुन्दरी आफ्नो बोलीका कारण ट्रोल बनिरहेकी हुन्छिन् ।

बेलाबखत बोल्द बोल्दै चिप्लिँदा उनी आलोचित भैरहने हुँदा आफ्नै बयानका कारण ट्रोलरको निशानामा पर्दै आएकी छिन् । गत वर्ष उनले महिलाहरुले टिकटक चलाउने र उनीहरु बढी क्रियटिभ हुने भन्दै अन्तरवार्ता दिएपछि ट्रोलको शिकार बनेकी आँचल अहिले फेरी नायिका पूजा शर्मालाई ‘अग्रज’ भन्दा ट्रोल बन्न पुगेकी छिन् ।

आँचलले पूजालाई सम्बोधन गर्दा आफू भन्दा धेरै अगाडि फिल्म क्षेत्रमा पूजा आएको भन्दै आँचलले उनी आफ्नो अग्रज भएको र उनलाई सम्मान गर्ने उल्लेख गरेकी छिन् ।

पूजाले फिल्म ‘थ्रि लभर्स’बाट फिल्मी करिअर सुरु गरेकी थिइन् भने आँचलले फिल्म ‘नाई नभन्नु ल ४’बाट करिअर सुरु गरेकी थिइन् । फिल्म क्षेत्रमा आउनु अघि आँचल र पूजा दुबैले केही म्यूजिक भिडियोमा काम गरिसकेका थिए । आँचल र पूजा एउटै जेनेरेशनका नायिकाहरु हुन् ।

तर, आँचलले पनि पूजालाई अग्रज भएको बताउँदै उनलाई धेरै पुरानी नायिका जस्तो सोचेर अन्तरवार्तामा उल्लेख गरेसँगै आँचललाई उनका फ्यानले अग्रजको अर्थ पनि थाहा नभएको भन्दै उनको ट्रोल गरिरहेका छन् ।

यो पनि पढ्नुहोस: एक महत्त्वपूर्ण भारतीय हिन्दू मन्दिर हो, जुन पवित्र शहर मदुरैमा अवस्थित छ। मन्दिर सुन्दरेश्वर (भगवान शिवको रूप) र मीनाक्षी (देवी पार्वतीको रूप) लाई समर्पित छ। ४ शानदार टावरहरू रहेको यो मन्दिरमा मुख्य देवताहरूको लागि दुई सुनौला गोपुरमहरू छन्, जुन विस्तृत रूपमा मूर्तिकला र चित्रित छन्।

भारतमा एक युवतीले आफैसँग विवाह गर्ने भएकी छन्। पश्चिम भारतकी ब्लगर २४ वर्षीया क्षमा बिन्दुले आफैसँग विवाह गर्ने घोषणा गरेकी हुन्।विवाहका सबै प्रक्रिया पूरा हुनेछ तर त्यहाँ दुलाह हुने छैनन्। कारण उनी आफैसँग विवाह गदैछन्। आफूले आफैसँग विवाह गर्नुको कारण भने उनले आफूले आफैलाई प्रेम गर्ने बताएकी छन्।

धेरै मानिसले आफूलाई रोजेको भएपनि उनले उनीहरूलाई नभएर आफैलाई रोजेको बताएकी छन्। पछिल्लो समय पश्चिमा मुलुकमा यो प्रवृत्ति तीव्र गतिमा बढ्दै आएको छ। जहाँ विवाहका सबै प्रक्रिया पूरा गरेर आफूले आफैसँग विवाह गरेका हुन्छन्।

तर भारतमा भने यो पहिलो एकल विवाह हो। जहाँ ती युवतीले आफैलाई रोजेर आफैसँग विवाह गर्ने घोषणा गरिन्। पश्चिमी राज्य गुजरातको वडोदरा सहरको एउटा मन्दिरमा ११ जुनको साँझमा क्षमा बिन्दुको परम्परागत हिन्दू समारोह छ।

जहाँ उनले विवाहको पहिरनमा सजिएर सबै प्रक्रिया पूरा गरी आफूले आफैलाई जीवनसाथी रोज्ने छिन्। र आफैलाई जीवनभर साथ दिने बाचा गर्नेछिन्। यसका साथै उनले हनिमुन र विवाहका अन्य प्रक्रियासमेत पूरा गर्ने जनाएकी छन्। उनी विवाहपछि दुई साता लामो हनिमुनमा गोवा जाने छिन्।

समाजशास्त्रकी विद्यार्थीका साथै एक ब्लगरसमेत रहेकी उनले आफ्नो यस निर्णयबारे धारणा सार्वजनिक गर्दै भनेकी छन्, ‘धेरै मानिसहरूले मलाई म राम्रो क्याच हुँ भन्छन्, म तिनीहरूलाई भन्छु,‘मैले आफैलाई समाते।’

उनी भन्छिन्, ‘आत्म–विवाह भनेको आफ्नो लागि त्यहाँ रहनु, आजीविका र जीवनशैली छनोट गर्नको लागि प्रतिबद्धता हो जसले तपाईँलाई सबैभन्दा जीवित, सुन्दर र गहिरो आनन्दित व्यक्ति बन्न मद्दत गर्दछ। यो देखाउने मेरो तरिका हो कि म मेरो सबै विभिन्न अंगहरूलाई स्वीकार गर्दैछु, विशेष गरी मैले मेरो कमजोरीहरू जस्तै अस्वीकार गर्ने वा अस्वीकार गर्ने प्रयास गरेको छु।

त्यो शारीरिक, मानसिक वा भावनात्मक हो। मेरो लागि, यो विवाह हो। साँच्चै आत्म–स्वीकृति गहिरो कार्य हाे। म के भन्न खोज्दैछु कि म आफैलाई स्वीकार गर्छु। सबै मलाई, यहाँ सम्म कि भागहरु जुन सुन्दर देखिँदैन।

बिन्दुको परिवारले पनि उनीको यो निर्णयलाई सर्मथन गर्दै आर्शिवाद दिएको उनी बताउँछिन्। भारतमा यतिबेला उनको विवाहको कुराले निकै चर्चा पाएको छ। कतिपय आलोचकले उनको यो विवाह चर्चा कमाउनको लागि हो भनेका छन् भने कतिले उनको यो निर्णयलाई प्रसंसा समेत गरेका छन्।