कम्बोडियामा ज्यान गुमाएका निराकार पाण्डेको मृत शरीर अहिले त्यहाँ बेवारिसे अवस्थामा !

काठमाडौं – गत बिहीबार राति कम्बोडिया ग्राण्ड डायमण्डसिटी र क्यासिनोमा भएको आगलागीमा परी मृत्यु भएका निराकार पाण्डेको मृत शरीर अहिले त्यहाँ बेवारिसे अवस्थामा छ ।

यतिका दिन बितिसक्दा पनि सरकारले शरीर नेपाल ल्याउने खर्च बेहोर्ने भनेपनि त्यहाँको स्थानीय प्रहरीलाई जानकारी नभएको खबर त्यहाँको एकजना नेपालीले जानकारी दिनुभएको हो ।

शरीरको अवस्था खराब छ । यता प्रधानमन्त्रीले बिहीबार बिहान प्रधानमन्त्री तथा मन्त्रिपरिषद्‌को कार्यालयमा बोलाई पाण्डेका बाबुसँग भेट गरेका थिए ।

प्रधानमन्त्रीले निराकारको शव नेपाल ल्याउन र परिवारलाई सरकारको तर्फबाट सहयोग गर्ने प्रतिवद्धता व्यक्त गर्दै धैर्यधारणका लागि निराकारका बुवा अग्निलाई आग्रह गरे ।

थाइल्याण्डस्थित नेपाली दूतावासमार्फत शव ल्याउनका लागि पहल भइरहेको विभिन्न खाले समाचार आएपनि यतिका दिन बितिसक्दा पनि शव नेपाल आउन सकेको छैन । निराकार व्यवसायको सिलसिलामा सिलवाल एक महिना अघि भिजिट भिसामा कम्बोडिया गएका थिए ।

उनी अंग्रेजी नयाँ वर्षमा घर फर्किने तयारीमा थिए । त्यहाँको ग्राण्ड डायमन्ट सिटी बिल्डिङमा रहेको होटल क्यासिनोको १२ औं तलामा उनी बसेका थिए ।

छोराको निधनको शोकमा रहेका अग्निप्रसादले केहि दिन अगाडी भन्नुभएको थियो – ‘निराकारको शव कम्बोडियामा आइसमा हालेर राखिएको जानकारी प्राप्त भएको छ । उनको शव नेपाल ल्याउन प्रक्रिया सुरु गरिएको छ । आवश्यक कागजपत्र थाइल्यान्डमा रहेको नेपाली दूतावासमा पठाइसकिएको छ ।’शव नेपाल ल्याउन एमाले नेता अग्नि खरेलले पहल गरिरहेका छन् ।