गोरखा घर भएका एकै परिवारका ४ जना घर भित्रै मृत फेला

गोरखा, १६ साउन । गोरखा स्थानीय घर भएका एकै परिवारका ४ जना घर भित्रै मृत फेला परेका छन् ।

काठमाडौं प्रहरीका अनुसार मृत फेला पर्नेमा ४१ वर्षीय दिनेश पाण्डे, उहाँकी श्रीमती ३९ वर्षीया सुनिता पाण्डे, १३ वर्षीया छोरी आशिका पाण्डे र ८ वर्षीय छोरा आशिक पाण्डे रहेका छन्।

गोरखा भीमसेन गाउँपालिका–६ अर्साङ्ग नारनपुर स्थायी घर भइ हाल काभ्रेस्थलीमा बस्दै आएका पाण्डे परिवारका सदस्य सोमबार बिहान मृत अवस्थामा फेला परेका हुन् ।

घटनास्थलमा जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एवं प्रहरी उपरीक्षक (एसपी) दिनेशराज मैनाली र उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रहरी अधिकारी पुगेर अनुसन्धान सुरु गरेका छन् ।

उनीहरू बिहान अबेरसम्म नउठेपछि स्थानीयले घरको ढोका फोडेका थिए। उनीहरूको कसरी मृत्यु भएको हो भन्नेबारे खुलिसकेको छैन।

घटना बारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।