राज्य समन्वय परिषद इंगल्याण्डले लिभरपुलमा एन आर एन ए को काउण्टि काउन्सिल गठन गर्यो ।

राज्य समन्वय परिषद इंगल्याण्डका अध्यक्ष लालबहादुर गुरुङ को नेतृत्वमा गएको टोलिले ११ अप्रिल २०२२ सोमबारका दिन लिभरपुरमा बस्ने नेपालीहरुले नेपाली नयाँबर्ष २०७९ को कार्यक्रमको मौका पारेर शुभकामना आदानप्रदान गर्दै त्यहाँको क्षेहरुलाई समेटर “एन आर एन ए लिभरपुल–मर्सिसाईड एरिया काउण्टि काउन्सिल” गठन गर्यो ।

उक्त काउण्टि काउन्सिलमा संयोजक श्री गोपाल अधिकारी, सचिव श्री धन गुरुङ, सदस्यहरु क्रमशः श्री खेम कंडेल, श्री कविराज शर्मा, श्री रिसि भण्डारी, श्रीमती कृष्णा गुरुङ, श्रीमती कृष्णा भट्टराई, श्री बब गुरुङ र श्री नेत्र खरेल, रहनु भएको छ ।

नेपाली नयाँबर्ष मनाउनको लागि बाक्लै उपस्थिति रहेको उक्त कार्यक्रममा कार्यक्रमको सुरुवातमै इंगल्याण्ड राज्य समन्वय परिषदको टोलीले उक्त काउण्टि काउन्सिलको गठन प्रकृया सम्पन्न गरेको थियो । समन्वय परिषदका अध्या श्री लालबहादुर गुरुङ, सचिव श्री राम प्रसाद पन्थी, सहसचिव श्रीमती अन्जु कुवर, प्रवक्ता श्री विशाल गुरुङ को साथमा एन आर एन ए–अभिभावक को रुपमा एन आर एन ए ग्लोबलका उपाध्यक्ष श्री थर्क सेन सहितको टोलीले उक्त एतिहासिक कार्य सम्पन्न गरेको थियो ।

उक्त कार्यक्रमका अध्यक्ष समेत रहेका श्री गोपाल अधिकारीले स्थानीय नेपालीहरुलाई आफ्नो नेपालीपन झल्कने दौरासुरुवाल र कोटको पोषाकमा र महिला दिदिबहिनिहरु सारी र श्रृंगारको उपस्थित गराउनु भएको थियो र साथमा स्थानीय एम पि र काउन्सिलर समेत लाई अथितिकोरुपमा उपस्थित गराउनु भएको थियो । उक्त रमाईलो र गरिमामय बाताबरणका बीचमा एन आर एन ए युके, राज्य समन्वय परिषद इंगल्याण्डका सचिव श्री राम प्रसाद पन्थी ले काउन्टि काउन्सिल गठन प्रक्रियाको औपचारिक कार्यक्रम सन्चालन गर्नु भएको थियो।

आइ सि सि उपाध्यक्ष श्री थर्क सेन र राज्य समन्वय परिषदका अध्यक्ष श्री लाल बहादुर गुरुङले नवनियुक्त सबै पदाधिकारीहरुलाई टिका, खादा र प्रमाण पत्र वितरण गरी एक भब्य र रमाईलो बातावरणमा उक्त काउन्टि काउन्सिलको घोषणा गरिएको थियो । एन आर एन ए युकेको विधान २००५ (संशोधन सहित २०१७) निर्देश गरे अनुसार काउन्टिको गठन र कार्यविधि सहितको एक बैधानिक दस्ताबेज काउन्टि काउन्सिल निर्देशिका समेत उत्त नवनियुक्त समितिलाई हस्तान्तरण गरिएको थियो । उक्त कार्यक्रममा नवनियुक्त काउन्टि परिषदका सम्पुर्ण टिमलाई आइ सि सि उपाध्यक्ष श्री थर्क सेन द्धारा सफल एवं कुशल कार्यकालको शुभकामना सहित एन आर एन ए को महत्व बझाउँदै मन्तब्य दिनु भएको थियो । त्यस्तै प्रवक्त विशाल गुरुङ ले इंगल्याण्ड राज्य समन्वय परिषदले सन्चालनमा ल्याएको स्वास्थ्य सम्बन्धि जागरणमुलक कार्यक्रम रनफेष्ट को महत्व र हाम्रो स्वास्थ्यमा दौडने अभ्यास बसाल्नाले हुने फाइदाका बारेमा मन्तब्य दिँदै यो रनफेष्ट कार्यक्रममा सबैलाई सहभागि हुन आग्रह गर्नु भएको थियो ।

श्रीमति अन्जु कुवरले रनफेष्ट कार्यक्रममा सहभागिहुनुहुने जागरुक सबैलाइै प्रमाणपत्र र दौडको उपादि मेडल समेत दिएर सम्मान गर्दै अरुहरुलाइ पनि दौडन उत्प्रेरित गर्नुहुन अपिल गर्नु भएको थियो । कार्यक्रम को अन्त्य गर्दै इंगल्याण्ड राज्य समन्वय परिषदका अध्यक्ष श्री लालबहादुर गुरुङले एन आर एन ए मा गुटबन्दि र राजनैतिक होडबाजी गर्न नहुने कुरामा जोड दिनु भयो । यो संस्था गैर राजनैति संस्थाको रुपमा रहनु पर्नेमा जोड दिनु भयो । कसैले पनि विभाजनको मार्गमा लागियो भने संस्थाको अभियान विचलनमा पर्छ । सामुहिक हितको लागि नेपालिका लागि नेपाली लाई आत्मसाथ गर्नु पर्नेमा यस अभियानमा लागेको सबैलाई सुझाव दिनुभयो । अध्यक्ष गुरुङले कार्यक्रममा उपस्थित सबैलाई नयाँबर्षको शुभकामना दिएर सबैको सुस्वास्थ्य, दिर्घायु, शान्ति र उत्तरोत्तर प्रगतिको कामना गर्दे यो कार्यक्रमको माहोल बनाईदिनुभएकोमा आयोजक ज्युहरु प्रति हार्दिक आभार प्रकट गर्नु भएको थियो ।