कोरोना लागेपछि मलाइ बाच्ने कुनै आसै थिएन,कमल सरगम निको भएपछि सुनाए अनुभब(भिडियो)

लालीगुराँस डटकमका प्रबन्ध निर्देशक तथा संचारकर्मी कमल सरगमले कोरोना जितेका छन।झन्डै २ साता पछि उनको कोरोना रिपोर्ट नेगेटिभ आएको हो।उनि लालीगुराँस डटकममा बिभिन्न सामाजिक बिषय र कलाकारहरुको अन्तरबार्ता लिने गर्दछन।कोरोनाले निकै थालिएका कमल सरगमले आफुले भोगेको पिडा आफ्नै युटुब मार्फत बोलेका छन।उनि उच्च ज्वारोमा परे,कोरोनाकै कारण मरिने होकी भन्ने चिन्ता भोगे उनले।

दैनिक १ सय ४ भन्दा बढी ज्वरोले उनलाई थला मात्रै पारेन झन्डै अन्तिम अबस्थामा पुराएन।उनको अबस्थालाई लिएर धेरैले चिन्ता समेत व्यक्त गरे।सुरुमा उच्च ज्वारो र त्यस पछि लगातार कोरोनाको बिभिन्न लक्षण देखा परेपछि उनि अस्पतालमा पुगेका थिए।चक्रपथ स्थित मेट्रो अस्पतालमा लगातार ५ दिन सम्म ज्वरो आएपछि पिसिआर जाच गर्दा रिपोर्ट पोजेटिभ आएको थियो।

यो बेला राजधानीमा कोरोना उच्च रुपमा फैलिएको छ।सोहि सिकार सरगम पनि परेका थिए।उनले आफ्नो फेसबुकमा सबै शुभचिन्तकलाइ धन्यवाद व्यक्त गरेका छन।आफु अस्वस्थ हुदा पनि आफ्नो स्वास्थ्यको बारेमा चिन्ता गरेको भन्दै सबै प्रति धन्यवाद व्यक्त गरेका छन।

उनले फेसबुकमा लेखेका छन “आजबाट कोरोना मुक्त भएको छु , मेट्रो हस्पिटलको दोश्रो pcr रिपोर्ट अनुसार मेरो नेगेटिभ आएको छ, १५ दिनको होम आइसुलेसनबाट स्वस्थ भएर बाहिरिएको छु, मेरो स्वास्थ्य लाभको कामना गर्नुहुने सबैमा हार्दिक धन्यवाद , मनोबल बढाउन जति हौसला दिनु भयो सधा यस्तै हौसला पाइराखु❤️❤️❤️
कोरोनालाइ कसैले ख्याल ठट्टा न सोच्नुहोला”