नेपाली सिनेमाका प्यारा राजु ः जसले राजेश हमालदेखि अनमोल केसीसम्मलाई चिया पिलाए (भिडियो कथा)

३० वर्षदेखि नेपाली सिनेमा क्षेत्रमा निरन्तर सत्रिय छन् उनी । सयौँ फिल्मका सुटिङमा उनले स्पटब्वायका रुपमा काम गरेका छन् । सुटिङमा स्पटमा कलाकारदेखि प्राविधिकलाई चिया पिलाउने काम उनैको छ । स्पटका सरसामान बोक्ने/थन्काउने काम पनि उनैले गर्छन् ।

उनीसँगैका थुप्रै स्पटब्वायहरु अपग्रेड हुँदै सिनेमाटोग्राफरसम्म भइसके । तर, उनी भने अझै स्पटब्वायकै भूमिकामा छन् । ‘के गर्नु उ बेला गरिबीले पढ्न पाइएन,’ यो सम्झिदा उनी एक्कासी भावुक हुन्छन् ।

बाँकी हेर्नुस् उनकै प्रस्तुतिमा तयार पारिएको उनको संघर्षको भिडियो कथा :