स्कटलैण्ड, एडिनवरामा कोरोनाको महामारीमा नेपाल स्कटलैण्ड एसोसिएसले तिहार २०२० साँझ सहित नेपालीहरुले यसरी मनाए भाइटिका।

एडिनवरा, स्कटलैण्ड
कृपया कार्यक्रम हेर्नको लागि तलको लिङ्कमा जानुहोस्।।

watch video 
कोरोना महामारीको प्रभावमा परेको स्कटल्यान्ड मा बसोबास गर्ने नेपालीहरुले अन्तत्वगत्वा यमपञ्चकको पाँचौंँ दिन दोश्रो ठूलो महान चाड भाईटीका का दिन तिहार २०२० साँझ जुम अनलाइन मार्फत भव्य रुपमा नाचगानका साथ मनाएका छन्।
साथै कोरोना संक्रमण अझ द्रुतगतिमा व्यापक हुदै गएको अवस्थालाई मध्यनजर गर्दै नेपालीहरुले बिगत बर्षहरुमा झैँ यस चाड मनाउन र रमाइलो गर्न अवसर पाएनन। तथापी सिमित परिवार, सुरक्षित हुदै स्वास्थ्यलाई ध्यान दिदै दाजुभाइले दिदीबहिनीबाट टीका ग्रहण गरेका छन भने लक्ष्मी पूजाको दिन लक्ष्मीको पूजा आराधना गरी श्रद्धा भक्तिपूर्वक लक्ष्मीपूजा पर्व मनाइएको छ।

स्कटल्याण्डमा बसोबास गर्ने नेपाली अधिकांशले यू के का टिका साइत अनुसार स्थानीय समय ११.२७ मा नेपाली समुदायले भाईटीका मनाएका छन्। नेपालमा जस्तै गरि काग तिहार देखि नै भाईटीका सम्म ५ दिन झिलीमिलि बनाएका छन् ।
नेपालबाट आएका तथा यहीँ जन्मेका दोस्रो पुस्तालाई यस्ता पर्वमा उनीहरुलाई संलग्न गराउदै नेपालीहरुका चाडपर्वको महत्व बारेमा जानकारी दिने र उनीहरुलाई अझ संलग्न गराउदै तिहार मनाउन अभिभावकहरुले ठूलो भूमिका निर्वाह गरेका छन्। नेपाल स्कटल्यान्ड एसोसिएसन द्वारा सन्चालित नेपाली पाठशालाका बिधार्थीहरुलाई देउसी र भैलो समेत खेल्न प्रोत्साहन गरेका छन्।

नेपाल स्कटल्यान्ड एसोसिएसन द्वारा आयोजित यस पटकको तिहार २०२० साँझ तथा शुभकामना आदान प्रदान कार्यक्रम जुम अनलाइन मिडिया मार्फत साना नानीहरूको गीत, नृत्य, कविता प्रस्तुति का साथै स्कटल्यान्डका स्थानीय कलाकार हरु द्वारा कार्यक्रम सफल र रोमांचक बनाउन साथ दिएका थिए।
कार्यक्रम शुरुआत र जुम अनलाइन नियन्त्रण नेपाल स्कटलैण्ड एसोसिएसन का सचिव मनिष खत्रीले गरेका थिए भने कार्यक्रम संचालन नेपाल स्कटलैण्ड एसोसिएसन का उपाध्यक्ष कमला श्रेष्ठ र सब कमिटी नेपाली पाठशालाका सचिव रिता कार्की द्वारा गरेका थिए।


कार्यक्रम मा राष्ट्रिय गान, स्कटल्याण्ड का एक मात्र पण्डित खेमराज हरिशरण द्वारा पाठ र तिहारको बारेमा जानकारी दिएका थिए भने नेपाल बाट आउनुभएका आमा दिल कुमारी चापागाँई द्वारा नेपाली भजन नृत्य प्रस्तुत गर्नुभएको थियो।
नेपाल स्कटलैण्ड एसोसिएसन का अध्यक्ष डंगोल द्वारा तिहार, नेपाल सम्बत ११४१ र छठ पर्वको शुभकामना र नेपाली भाषा, संस्कृति, संस्कार, सभ्यता लाई अगाडि बढाउन आग्रहका साथै यस महामारीममा सुरक्षित रहनुका साथ शुभकामना व्यक्त गरेका थिए भने कार्यक्रममा उपस्थित एनआरएनए स्कटल्यान्ड का अध्यक्ष छबिलाल अर्याल, सचिव दिवाकर पाण्डे, स्पोर्ट्क्लब का अध्यक्ष धन केसी, दियो क्लब का प्रतिनिधि शिव खराल द्वारा सम्पूर्ण स्कटलैन्डबासी हरूलाई तिहारको शुभकामना साथै आयोजक टोली लाई सफल कार्यक्रमको बधाई दिएका थिए। साथै नेपाल स्कटलैण्ड एसोसिएसन का महिला सदस्य रत्ना केसी द्वारा संस्थाको तर्फबाट स्वागत मन्तव्य व्यक्त गरेका थिए।

कार्यक्रममा मालिका नौमति बाजा समुह, एनआरएनए स्कटल्यान्ड का कोषाध्यक्ष शर्मिला भण्डारी, सामाजिक अभियान्ता तथा सफल व्यवसायी हरू लगायत स्कटल्याडमा बसोबास गर्ने सम्पुण आमाबुबा दाजुभाई दिदीबहिनीहरु तथा साथीहरु को उपस्थिति रहेको थियो।
कार्यक्रमको पहिलो चरणमा नेपाली पाठशाला का बिध्यार्थीहरू साईशरण ढहाल, रोशनी कार्की, किरण कार्की, श्रीधी अर्याल, मानसी भण्डारी, सुदिपा केसी, आयामी केसी द्वारा सेलो, नृत्य तथा गाना प्रस्तुति ले कार्यक्रममा उपस्थित सम्पूर्ण दर्शकहरू हर्षोल्लासका साथ प्रस्तुति को तारिफ गरेका थिए भने कार्यक्रमको को दोस्रो चरणमा स्कटल्यान्ड का स्थानीय कलाकारहरू अञ्जली चापागाँई, सलिना भट्टराई, लोक दोहोरी गायिका कमला श्रेष्ठ र लोक दोहोरी गायक रमेश भण्डारी, गायक अनुप कार्की, तारा अधिकारी, सलिना भट्टराई तथा अन्य कलाकार हरूले नृत्य, गाना तथा लोकदोहोरीले कार्यक्रम अझ बढी रोमान्चिक भएको थियो।
कार्यक्रम को अन्तमा अध्यक्ष द्वारा सम्पूर्ण स्कटलैन्ड नेपालीवासीहरू, बिभिन्न संघ संस्थाका अध्यक्ष हरू, प्रतिनिधिहरू, कलाकारहरू, साना साना कलाकार नानीहरू, अभिभावकहरू र सम्पूर्ण नेपाल स्कटलैण्ड एसोसिएसन परिवार लाई यस तिहार २०२० कार्यक्रम सफलता का साथ सम्पन्न भएकोमा धन्यवाद साथै चक्रवतिका अगुवाइमा तिहारको देउसी भन्दै कार्यक्रम समापन भएको थियो साथै यस्तो बिषम परिस्थिति मा यस कार्यक्रमले नेपाली नेपाली बीच भावनात्मक संबन्ध बढाउनका लागि यस पालीको तिहार कार्यक्रमले गहन भूमिका निर्वाह गरेको र कार्यक्रम गर्नुको मुख्य उद्देश्य हामी स्थानीय समुदायसँग सामिप्यता एवं आपसमा सकारात्मक दृष्टिकोण अभिवृद्धि र वर्तमान परिवेशमा स्थानीय कम्युनिटीसंग सुमधुर सम्बन्ध अगाडि बढाउन रहेको कुरा अध्यक्ष डंगोल बताउँछन्।
साथै यस जुम अनलाइन कार्यक्रम आयोजनामा आउनुभएको सम्पूण स्कटल्याण्डवासी द्वारा कार्यक्रम अत्यन्त भव्य तथा सभ्य रुपमा सफल भएको प्रतिक्रिया व्यक्त गरेका छन्। यसरी नेपाली भाषा सँस्कृतिको जगेर्ना गर्न अगाडि बढेकोमा सम्पूर्ण नेपाली समुदाय गौराम्बित भएको छ।
धन्यवाद।।।?