चर्चित मोडल अन्जली अधिकारी र दुर्गेश थापाले खेलेको नया दोहोरी गीत चर्चामा

काठमाडौँ । कलाकार बैकुण्ठ रायमााझीले नया साँगीतिक कोसेली बजारमा ल्याएका छन् । गुल्मीको मुसिकोट नगरपालिका ८ वामी घर भई हाल चेक रिपब्लिकलाई कर्मथलो बनाएका उनले ‘मायाको फुर्लुङ’ बोलको लोक दोहोरी गीतको म्युजिक भिडियो सार्वजनिक गरेका हुन् । उक्त गीतमा बैकुण्ठ रायमाझी र प्रिती आलेको स्वर रहेको छ भने दुर्गेश थापा र अञ्जली अधिकारीले अभिनय गरेका छन् ।

माया प्रेमको विषयमा केन्द्रित रहेको गीतको शब्द सिर्जना सुमन श्रापितले गरेका हुन् । सेरोफेरो नेपाल युट्युब च्यानल मार्फत सार्वजनिक म्युजिक भिडियोको निर्माण साई भिजन प्रा. लि. ले गरेको हो। जसको संगीत संयोजन बी.बी. अनुरागीले गरेका छन् । लामो समय देखी नेपाली संगीतको क्षेत्रमा कदम चालिरहेका रायमाझीले वामीमा संस्कृति संरक्षणमा जोडबल दिदै आएका छन् । उनकै पहलकदमीमा वामी विश्व सम्पर्क मञ्चले समय समयमा नौमति बाजा महोत्सब पनि गर्दै आइरहेको छ । यस अघि उनैले ‘लकडाउन नगरौँ सरकार’ नामक गीत बजारमा ल्याएका थिए भने त्यस अघिका उनका धेरै सांगीतिक कोसेलीहरुले नेपालीहरुको मन जितेका छन् ।

हेरौ भिडिओ