बेलबारीमा यात्रुबाहक बस सडकमा पल्टिँयो, यात्रु अबस्था गम्भीर

मोरङ । मोरङको बेलबारीस्थित स्थित भाउन्नेमा शनिबार दिउँसो यात्रुबाहक बस दुर्घटना हुँदा चारजना घाइते भएका छन् ।

धरान बाट काकडभिट्टा जाँदै गरेको को १ ख ५०७९ नम्बरको यात्रुबाहक बस बेलबारी १० स्थीत पुर्व पश्चिम राजमार्गमा अनियन्त्रित हुँदा दुर्घटना भएको इलाका प्रहरी कार्यलय बेलबारीले जनाएको छ । घाइतेको बिराटनगर स्थित न्युरो अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । अस्पतालको अनुसार पथरी निवासी घाइते रमेश न्यौपानेको अवस्था जटिल रहेको र अन्यको सामान्य रहेको छ ।