कमल किरणको ‘डढेलो’ फेरी हेर्नुहोस् (भिडियो)

प्रतिभाशाली गायक गायक कमल किरण पछिल्लो समय आफूलाई गीतसंगीतको क्षेत्रमा नै समर्पित गरिरहेका छन् । गायक कमल किरणको आवाजमा रहेको ‘डढेलो’ बोलको गीत “सिङ्गर कमल किरण“ नामक आफ्नै अफिशियल युट्युब च्यानल मार्फत सार्वजनिक गरेका छन् । ‘डढेलो’ गीत यसअघिनै हिट भैइसकेको हो । पछिल्लो समय गायक कमल किरणले फेरी आफ्नै युट्युब च्यानल मार्फत सार्वजनिक गरेका हुन् ।

मनोज राजको शब्द एवं संगीतमा रहेको गीतमा चन्द सिंहले एरेन्जर गरेका छन् । निकै मर्म स्पर्शी गीतको भिडियोमा दिवस र सुप्रियाको अभिनय रहेको छ । दिवस र सुप्रियाको जोडीको केमेष्ट्रि पनि निकै मर्म स्पर्शी देखिएको छ । शिवराम श्रेष्ठले खिचेको भिडियोलाई निशान घिमिरेले सम्पादन गरेका छन् । समान अधिकारीको निर्देशन रहेको गीतको म्युजिक भिडियो “ सिङ्गर कमल किरण“ युट्युब च्यानलमा हेर्न सकिने छ ।
हेर्नुहोस् भिडियो :